काठमाडौँ । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो ।
उनीहरुलेुएमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ, एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो, एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved