आइतबार जनकपुरधाम पुगेकी पूर्व युवराज्ञी हिमानी शाह सोमबार एक स्कुलका छात्राहरुसंगै बेन्चमा देखिनु भयो ।
हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नु भएको उहाँले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने वैज्ञानिक बोतल वितरण मात्रै गर्नुभएन, उहाँले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया पनि गर्नुभयो। साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गर्नु भएको हो ।
उहाँले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न गर्नुभयो। र जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भन्नुभयो ‘हो मलाई पनि म्याथ र साइन्स नै गाह्रो भएको थियो ।’
विद्यालयका एक प्रतिनिधिले हिमानी समक्ष विद्यालय समयमा छात्राले भोग्नुपरेका विभिन्न समस्याबारे समेत अवगत गराएका थिए। हिमानी ट्रस्ट मार्फत वितरित उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टले जनाएको छ । ट्रस्टले तराईका अधिकांस जिल्ला पुगेर विभिन्न स्कुलहरुका सहयोग गर्दै आएको छ ।
जनतामाझ प्रिय बन्दै हिमानी शाह
हिमानी ट्रष्टको अध्यक्षता गरिरहनु भएकी शाह के पहाड के तराई सहयोग सामग्री लिएर जहाँपनि जतिवेला पनि पुग्ने गर्नु भएको छ । उहाँको कार्यको जनताले खुलेर प्रसंशा मात्रै गर्दैन् अहिलेका नेताहरुले उहाँ र उहाँको कार्यबाट सिक्नुपर्ने बताउँछन् पनि । निस्वार्थ भावनाले जनतामाझ निर्धक्क पुगिरहनु भएकी हिमानी शाहमा जस्तो सुकै विषमताका बीच पनि सन्तुलित, सौम्य र सौहार्ध बन सक्ने क्षमता छ । उहाँप्रति जनताको छुट्टै आकर्षण छ । छुट्टै छवी र छुट्टै पहिचान बनाउनु भएकि उहाँको सरल स्वभावकै कारण पनि उहाँ जनमानसमा प्रिय बन्दै जानु भएको छ ।
पूर्वयुवराज्ञी हिमानी शाह राज–घरानाकी यस्ती पात्र हुनुहुन्छ, जसको छुट्टै ग्ल्यामर छ । तीन सन्तान आमा हिमानी चार दशक पार गरेरपनि जवान अनि रुपवती देखिनुहुन्छ । मन्द मुस्कानका साथ सधैंजसो साडीमा ठाँटिएर हिँड्ने उहाँ मठ–मन्दिरमा, दुर्गमका विद्यालयहरुमा अनि दुखि असाहाय माझ देखिनुहुन्छ। व्यक्तिगत जीवन कसरी बितिरहेको छ ? परिवारसँगको सम्बन्ध कस्तो छ ? आफ्ना रुचि र चाहना के हुन् ? के मन पर्छ ? के मन पर्दैन भन्ने जस्ता निजी कुरालाई अहिलेसम्म उहाँले खुलस्त गर्नु भएको छैन । तरपनि समाज सेवाका अलावा अध्ययन गर्ने, संगीत सुन्ने र किताब पढ्ने भने उहाँको सौख रहेको छ ।
धर्मकर्ममा हिमानी शाहको बढी नै लगाव देखिन्छ । कुनै पनि विशेष तिथी–पर्वमा उहाँ मठ–मन्दिर पुग्नुहुन्छ । पूजाआजाकै लागि पशुपतिनाथदेखि गोरखा, स्याङ्जा, तनहुँ, पोखरासम्मको मठ–मन्दिर धाउने गर्नु भएको छ उहाँले। पुराण, भजन कीर्तनजस्ता धार्मिक अनुष्ठानमा छोराछोरीसहित सहभागी भइरहनुहुन्छ उहाँ।
आफ्नै नाममा एक कल्याणकारी कोष स्थापना गरेर हिमानी शाह आपत्–विपतमा परेकाहरूमाझ पुग्ने गर्नु भएको छ । दोलखाको नाम्दुबाट शिक्षा, खानेपानी र सिंचाइको कामबाट सुरु गरिएको उहाँको समाजसेवा अहिले देशव्यापी बन्दै गएको छ । भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री उहाँकोनको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved