काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् । आज दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
गठबन्धनका दलहरूले मन्त्रीको नाम नदिँदा सरकार विस्तारको काम रोकिएको छ । तर मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउने सहमति भएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा गठबन्धनका नेताहरूले सहमति जनाएपनि कांग्रेसको संस्थापनइतर समूहले आपत्ति जनाएको छ । यसबारे छलफल गर्न देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved