फाइजर खोप दशैँ पछि मात्रै आउने, क्यानाडा र माल्दिभ्सले अस्ट्राजेनिका दिने

  • आश्विन २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । दशैँ अगाडि कोरोनाविरुद्धको फाइजर खोप नआउने भएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत आउन लागेको कोरोनाविरुद्धको फाइजर यस अघि दशैँ अगाडिनै आउने भनिए पनि अब दशै लगत्तै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख प्रमुख डाक्टर उपेन्द्र ढुंगानाले जानकारी दिए।

द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर आउन लागेको फाइजर खोप गाभीले नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भन्नका लागि परीक्षण स्वरूप अनुदानमा पठाउन लागेको बताइएको छ। यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो।

खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ। ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ। यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ। यो खोप एकपटक अल्ट्रा कोल्ड चेन ९माइनस ४४ देखि माइनस ८० सेल्सियस० बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन। तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने महाशाखा बताउँछ।

क्यानाडा र माल्दिभ्सले अस्ट्राजेनिका खोप दिने

यस्तै माल्दिभ्स र क्यानडाले पनि नेपाललाई अनुदान स्वरुप अस्ट्राजेनिका खोप दिन लागेको समेत ढुङ्गानाले बताए। उनका अनुसार क्यानडाले ४ लाख डोज र माल्दिभ्सले २ लाख डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउन लागेको बताए। ‘अनुदान स्वरुप माल्दिभ्स र क्यानाडा गरि ६ लाख डोज अस्ट्राजेनिका खोप अनुदान आउन लागेको छ’ उनले भने।

नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन्।

चीनले अनुदान दिने १६ लाख भेरोसेल पनि दशै लगत्तै आउने

यस्तै यस अघि चीनले अनुदान स्वरुप दिन लागेको खोप पनि दशै लगत्तै आउने बताइएको छ। ढुङ्गानाका अनुसार चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिकको पहिलो साता आउने भएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिइन्। यस्तै यस अघि खरिद गरेको तर आउन बाँकी रहेको १० लख डोज कोभिसिल्ड खोप शनिवार आइपुग्ने भएको छ। यस्तै तीन लाख लाख डोज खोप नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले अनुदानमा उपलब्ध गराउने भएको छ।
थाहा खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved