काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताउनु भएको छ । विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपालीलाई शुभकामना दिनुहुँदै उहाँले जुनसुकै विचारप्रति आस्थावान भएपनि राष्ट्रप्रतिको श्रदाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास लिएको भन्दै मुलुकमा राजसंस्थाको आवस्यकता भएको औँल्याउनु भएको हो ।
समाज सनातनीक आदर्श र पुर्खाैली पौरकखबाट पृथक छैन तर हाम्रो राजनीति र राजकाजी चाल चलन त्यस अनुरुप हुन नसकेको उहाँको भनाइ छ । पूर्व राजा शाहले राजनीतिक व्यववस्था आफु, आफ्नो समुह र त्यस भित्रको गुट र उपगुटमा अल्झिएको आरोप लगाउनु भयो । उहाँले कोरोना महामारी तथा प्राकृतिक विपति र वेरोजगार नेपालीले सत्य सेवा तथा लोकहितको अनुभुति गर्न पाएका छन् त ? भनेर प्रश्न समेत गर्नु भयो ।
उहाँले भन्नु भयो, कुनै पनि परिवर्तनको मर्म देशसंग अन्तरसम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनीक जिवनमा अनुभुत गर्नु सक्नु पर्दछ । दुर्भाग्यवस शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनीक र राजनीतिक पेसाले सिमित व्यक्तिलाई फाइदा पु¥याउछ र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बिचलन छाएको छ ।उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सार्वभौमिकता, राष्ट्रिय एकता दुर्लभ गराउने मौलिक धर्म संष्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्रनीति असन्तुलित भइ राष्ट्र सुरक्षामा चुनौति थपिएकोले आफ्नो पोलिएको भन्दै उहाँले दुख व्यक्त गर्नु भयो । हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिाकर छ र रहन्छ भन्दै उहाँले राजसंस्थाले बैचारिक आस्थाका आधारमा विभेद नगर्ने र त्यो राजसंस्थाको मान्यता तथा बैचारिक परम्परापनि नभएको स्पष्ट पार्नुभयो ।
https://www.youtube.com/watch?v=W5OSU2r1834
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved