मुगु बस दुर्घटनामा ज्यान गुमाएका ३२ मध्ये २४ जनाको परिचय खुल्यो, जिल्ला नै शोकमय

  • आश्विन २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौं । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ।

दुर्घटनामा छायाँनाथ रारा नगरपालिका(७ की १९ वर्षकी लग्न सेजुवाल, उहाँका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक ९कामी०, ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको ज्यान गएको छ ।

त्यसैगरी, वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको ज्यान गएको छ ।

यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।

११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । हिजो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

बसमा ४५ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ ।

245042318_269278635199999_6478348620802710319_n 243158183_257087202871618_5700910575714363212_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved