पुष्कर भट्ट, कञ्चनपु्र । महाकाली नदीको जलसतह खतरा तह पार गरेको छ । आइतबार बेलुकादेखि भइरहेको अविरल वर्षाले पानीको बहाव उच्च भएका कारण महाकाली नदीले खतराको तह पार गरेको हो । दार्चुला , बैतडी र डडेल्धुराको माथिल्लो भू–भागमा लगातार वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने अनुमान गरिएको छ ।
नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई मंगलबारसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । डडेल्धुरा र कञ्चनपुरका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । तीन दिनदेखि अबिरल रुपमा परिरहेको बर्षाका कारण महाकाली नदिले ऐरीघाट नजिक बैजनाथ मन्दिर क्षेत्रमा निर्माणाधिन छ लेनको सडक कटान सुरु गरेको अवस्था छ भने भीमदत्त नगरपालिका ९ खल्लामा पनि नदिले जमिन कटान सुरु गरेको छ ।
महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–१२ र १३ वडाका वस्तीहरुमा मंगलवार राति देखिनै वाढि पसेको छ । गाउ वस्तीमै वाढि पस्दा तटिय क्षेत्रका वासिन्दा त्रसित वनेका छन । त्यस्ते महाकाली पारीको दोधारा चादनी नगरपालिका –१० , कञ्जभोज, कुतियाकवर लगायत गाँउ बस्तीमा जोगबुढा नदिको पानी पस्ता गाउ जलमग्न बनेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगातार बर्षाभएपछि महाकाली क्षेत्रमा सुरक्षाकर्मी हाईअलटमा राखेको र वाढि पसेको गाउँ– वस्तीमा प्रहरी परिचालन गरेर सुरक्षा सतर्कता वढाएका जनाएको छ । मंगलबार बिहान सात बजेको मापन अनुसार महाकाली नदिमा ४ लाख ६१ हजार क्युसेक पानीको जलस्तर मापन गरिएको छ भने वर्षा नरोकीएकाले अझै पानीको बहाव बढ्न सक्ने ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
कतै खेतबारीमा पानी जमेको छ भने कतै बाढीले किसानले काटेको धान बाली बगाउको छ । अधिकांश खेतवारीमा किसानहरु बग्दै गरेको धान उठाउदै गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved