शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा सुम्पिुनु भएको छ ।
हिमानी ट्रस्ट गठन गरेर सामाजिक काममा सक्रिय उहाँ पछिल्ला केही वर्षयता समाचारका विषय बनिररहनु भएको छ । राम्रो कामका कारण उहाँले प्रशंसा बटुलिरहनु भएको मात्रै छैन । राजनीतिक दलका नेताहरुकी प्रेरणाकी श्रोत समेत बन्नु भएको छ ।
यसैबिच शुक्रबार होटल सोल्टीको एउटा कार्यक्रममा राजपरिवारका सबैजना एकसाथ देखिनुभयो। उहाँहरु तीनैजनाले समारोहमा उपस्थितहरुसंग अनौपचारिक भेटघाट र कुराकानी गर्नुभयो ।
‘हिमानी ट्रस्ट’ ले होटल सोल्टीमा दसैँ, तिहार तथा छठ पर्वका अवसरमा कला, संस्कृति, खेलकुद र साहित्य क्षेत्रमा योगदान गरेकालाई आयोजित शुककामना आदानप्रदान तथा चियापान कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी एकसाथ उपस्थित हुनुन्थ्यो।
सधैँ अनौपचारिक पोशामा देखिनुहुने पारस शाह पनि यो कार्यक्रममा पाइन्ट सर्ट, कोट र ढाका टोपीमा सजिएर पुग्नु भएको थियो ।
कार्यक्रममा आएकाहरुलाई हिमानीसहित ट्रस्टका पदाधिकारी स्वागतमा जुटेका थिए। कार्यक्रममा पारस हिमानी पुत्र हृदयन्द्र पनि सहभागी हुनुन्थ्यो। उहाँ राष्ट्रिय पोशाक सजिनु भएको थियो। कार्यक्रममा सहभागी ज्ञानेन्द्र र हिमानीसँग सेल्फी लिने प्रशंसकहरु प्रशस्त देखिए।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, अभिनेता भुवन केसी, शिव श्रेष्ठ, दिपक गिरी लगायत कलाकार तथा खेलाडीहरु पनि पुगेका थिए।
त्यस्तै गायकहरु योगेश्वर अमात्य, जयनन्द लामासहित पनि त्यहाँ देखिए। उनिहरुले कोभिटका कारण भेटघाटबाट बञ्चित भइरहदा गरिएको यो समारोहलाई त्यहाँ उपस्थितहरुले मुक्त कण्ठले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved