काठमाडौं । आज तिहारको चौथो दिन-गोरु तिहार, हल तिहार र गोवर्द्धन पूजा गरी मनाईंदैछ । खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाइन्छ ।
वर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनपोषण गर्ने गोरुको विशेष पूजा गरिएको हो । यस दिनलाई हल तिहार पनि भनिन्छ । सयपत्री लगायत अन्य फूलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी (बाबर) पकाएर खान दिइन्छ । गोरु पूजा गर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाइदिने गरिन्छ ।
आज गोवरलाई गोवर्द्धन पर्वतको प्रतिकका रूपमा गोवर्द्धन पूजा गरिन्छ । गोवर्द्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । गोवर्द्धन पूजा सकिएपछि आजैदेखि देउसी खेल्ने चलन पनि छ । देउसीमा नाचगान गरी घर–घरमा आर्शिवाद बाँडिन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved