पूर्व युवराज्ञी हिमानी शाह छठमा वीरगंज आउँदै,स्वागतमा हेलिकोप्टरबाट पुष्प वृष्टि

  • कार्तिक २४, २०७८
  • कालापानी मिडिया
alt

आरोहण शाह, वीरगंज । पूर्व युवराज्ञी हिमानी शाह बुधवार छठको सझिया घाटेको दिन वीरगंज आउने हुनु भएको छ । मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डेभिड कार्कीले यसबारे जानकारी दिनु भएको हो ।

कार्कीका अनुसार पूर्व युवराज्ञी शाह चार दिन वीरगंजमा रहने कार्यक्रम छ। बुधवार साँझ ५ बजे वीरगंज आइपुग्ने पूर्व युवराज्ञी शाह कात्तिक २७ गते काठमाडौं फिर्ता हुनुहुने छ ।

चार दिने वीरगंजको कार्यक्रममा पहिलो दिन सझिया घाटेको दिन घडिअर्वा पोखरीमा पूजापाठ, दोस्रो दिन विहनीया घाटेमा पनि घडिअर्वामा पूजापाठ र सोही दिनमा दिउँसो पर्साका राजनीतिक दलसँग संवाद तथा भेटघाट गर्नेछिन्। तेस्रो दिन पत्रकार भेटघाट गरी चौँथो दिन काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

उहाँ बुधवार हवाई जहाजबाट सिमरा आउने र त्यसपछि गाडीमा वीरगंज पुग्ने कार्यक्रम छ। उहाँको स्वागतमा हेलिकोप्टरबाट साँझ ५ बजे घडिअर्वा पोखरीमा पुष्पवर्षा गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved