नितेश कर्ण, बिरगंज । उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्।
यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व सम्पन्न भएको हो। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।
छठको अवसरमा पूर्व यवराज्ञी हिमानी शाह विरगंज पुग्नु भएको छ । त्यहाँ बनाइएको छठ घाट पुगेर उहाँले छठी माताको पूजा गर्नु भएको छ । छटि छाटमा उहाँलाई भेट्न र हेर्न चाहनेहरुको घुइचो लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved