काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरी र अधिवक्ताहरु बिच धक्कामुक्की भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको अधिवक्ता र प्रहरी बिच सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा घम्साघम्सी भएको हो ।
नेपाल बार एशोसिएनको अगुवाइमा भएको प्रदर्शनमा अधिवक्ताहरु हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा ओर्लिएका छन्।
सर्वोच्चको मूल ढोकामा जान खोज्दा प्रहरीले अधिवक्ताहरुलाई रोकेको थियो। त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको र केही अधिवक्ता घाइते भएको बारले जनाएको छ।
प्रहरीले रोकेपछि अहिले अधिवक्ताहरु बार एशोसिएसनमा भेला भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रहरी दमनको विरोध गर्दै प्रधान न्यायधीशको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।
सर्वोच्च परिसरमा नै अधिवक्ताहरुले भष्ट्र प्रधान न्यायाधीश राजीनामा देु भन्दै नारा समेत लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved