मुस्ताङको कोवाङमा हिम पहिरो (भिडियो सहित)

भागदौडका क्रममा ६ विद्यार्थी र एक शिक्षक घाइते, थप बिवरण आउँन बाँकी

  • कार्तिक २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका आज बिहान १० देखि ११ बजे भित्र ठूलो हिम पहिरो खसेको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको बताउनुभएको छ । पहिरो खसेसँगै भागदौड मच्चिदा ७ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जोमसोम अस्पताल ल्याइएको उहाँको भनाई छ ।
पहिरोका कारण केही जनावर मरेको हुन सक्ने अनुमान गरिएपनि उक्त स्थानमा पुग्न समय लाग्ने हुँदा यकिन तथ्याङ्क भने आइनसकेकोको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले जनाएको छ । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved