काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चार वटा प्रदेशमा अधिवेशन मार्फत प्रदेश अध्यक्ष पाएको छ ।
आइतबार बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश दुईमा गरिएको अधिवेशनबाट राप्रपाले नयाँ प्रदेश प्रमुख पाएको हो ।
जसमध्ये क्रमशः बागमति प्रदेशमा विक्रमबहादुर थापा, गण्डकी प्रदेशमा हेमजङ गुरुङ, सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी र प्रदेश नम्बर २ मा भरत गिरी अध्यक्ष भएका हुन्। राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार, उनीहरू सर्वसम्मत रूपमा अध्यक्ष भएका हुन्।
बाँकी प्रदेशमा भने राप्रपाको नेतृत्व चयन हुन बाँकी छ। यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले मंसिर ११ देखी १३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्दैछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved