सर्वोच्चमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको आपत्ति

  • कार्तिक २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीमाथि भएको समाचार संकलनमा अवरोध र दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ। महासंघले सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार गरिएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएको हो।

महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ। ‘महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

साथै विज्ञप्तिमा सर्वोच्चमा देखिएको गतिरोधप्रति चासो र चिन्तासमेत प्रकट गरिएको छ। सोमबार पनि सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि सर्वोच्च परिसरमा समाचार संकलनमा अबरोध र दुर्व्यवहार गरेका थिए।

p

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved