काठमाडौं । नर्वेलाई हराउँदै नेदरल्यान्ड्स आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ।
युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नर्वेलाई २/० गोल अन्तरले हराउँदै समूह ‘जी’ को बिजेता भएर नेदरल्यान्ड्सले विश्वकपमा सोझै स्थान बनाएको हो।
नेदरल्यान्ड्सलाई जिताउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले एक(एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २/० को उत्कृष्ट जित दिलाउँदै कतार विश्वकपमा पुर्याए। यो जीतसँगै नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो। दोस्रो स्थानमा रहेको टर्कीले समान खेलबाट २१ अंक जोड्दै प्लेअफमा स्थान पक्का गर्यो। गएरातिनै भएको खेलमा मोन्टेनेग्रोलाई हराउँदै टर्कीले प्लेअफमा स्थान पक्का गरेको हो।
नेदरल्याण्डसँग हारेको नर्वे भने विश्वकपमा छनोट हुन सकेन। नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड विश्वकपमा छनोट हुने १२ औं टोली भएको छ। यसअघि आयोजक कतारसहित ११ टोलीको टुंगो लागिसकेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved