बैतडी जिप दुर्घटना अपडेट - मृतकको संख्या ५ पुग्यो, खुल्यो सबैको परिचय

  • मंसिर ६, २०७८
  • कालापानी मिडिया
alt

बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाडमोडमा दुर्घटनामा परेको थियो।

जिपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटनामा २ जना सिकिस्त छन्। मृत्यु हुने सबै जना दशरथचन्द नगरपालिका-६ कै रहेका छन्।

दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिपचालक डडेल्धुराका ४० वर्षीय दीपक माली सिकिस्त छन्।

उनीहरू दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ। राति साढे ८ बजेतिर दुर्घटनामा परेको जिप सडकबाट ७ सय मिटर तल खसेको थियो।

दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved