बाटो निर्माणमा ढिला गरेको भन्दै गोदावरी,हरिशिद्दि बाडेगाउ सडक बन्द

  • मंसिर ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौ । सडक निर्माणमा ढिलाइ गर्दा सास्ती खेप्नु परेको भन्दै स्थानीय बासिन्दाले ललितपुरको हरिसिद्धि–बाडेगाउँ–गोदावरी सडक खण्ड ठप्प पारेका छन् ।

पछिल्लो समय भत्केर यो सडक खण्ड हिँडिनसक्नु छ । यस सडकअन्तर्गत हरिसिद्धि, ठैब र बाडेगाउँ कालोपत्रेका लागि काम गर्दा गर्दै ठेकेदारले छोडेपछि हिलाम्य बनेको हो ।
एकातिर सडकका खाल्डाका कारण गाडी चलाउन कठिन भएको छ भने पैदलयात्रुलाई पनि हिँड्न गाह्रो भएको छ । निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्ड कालोपत्रे हुन बाँकी छ।

यो सडक निर्माणको ठेक्का सम्झौता २०७३ साल असारमा भएको थियो । तर, ठेकेदारको लापरबाहीका कारण अझै पनि सडकको मर्मत हुन सकेको छैन । स्थानीय बासिन्दाको विरोधका कारण सडक खण्ड बन्द भएकाले गोदावरी जाने आउनेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

तस्बिर साभार : पत्रकार दीपक अर्यालको फेसबुक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved