गोला प्रक्रियाबाट इजलास तोक्न सुरु गर्ने मितिबारे निर्णय गर्न सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

  • मंसिर ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । गोला प्रक्रियाबाट इजलास तोक्न सुरु गर्ने मितिबारे निर्णय गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बैठक आज बस्दैछ।

हिजो १८ न्यायाधीशबीच भएको छलफलले मंसिर १५ देखि गोला प्रक्रिया सुरु गर्ने सहमति गरेको थियो। सहमति अनुमोदन गरी निर्णय गर्न आज फुलकोर्ट बैठक बोलाइएको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी पूरा भइसकेको छ।

१८ जना न्यायाधीशको निर्णय बमोजिम मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नेछन्। सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिस्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन्।

उनीहरुले आज फुलकोर्ट बस्नुअघि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्दैछन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित भएपछि इजलास फर्किन लागेका हुन्। नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकमा आफ्नो सहमति नरहने जनाउँदै निरन्तर आन्दोलनमा छ।

रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास

यसैबीच नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ।

दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने तयारी छ। बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाइसकेको छ। यस्तै हिजो १८ वटा उच्च अदालतमा विरोध सभा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved