राणा र डा. लोहनीको साथ पाएका लिंदेनलाई पूर्व राजाको समर्थन

  • मंसिर १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरुले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन् ।

राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो ।

‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाले निर्णय गरेको हो ।
‘दुई अध्यक्षज्यूहरुले पार्टी हित र एकताका लागि निर्वाचन दौडबाट अलग रहने निर्णय गर्नु भएको परिप्रेक्ष्यमा, अर्का अध्यक्षज्यूले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भएको भेलामा सभागी नेताहरुले जनाएका छन् ।
अध्यक्ष राणाले यस अघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरीसकेका छन् । अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेद्वारी नदिने निष्कर्षमा पुगेका हुन् । यस सम्बन्धमा लोहनीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

राप्रपाका अध्यक्षत्रय मध्ये कमल थापा मात्र निर्वाचनको दौडमा छन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । ‘अध्यक्षद्वय राणा र लोहनीले अभिभावकको भूमिकामा बस्ने निर्णय गरीसक्दा अध्यक्ष थापाले मात्र कनिष्ट पुस्तासँग सिंग जुधाउनु असुहाउँदिलो हुन्छ,’ भेलामा सहभागी एक नेताले भने । ‘अध्यक्ष थापाले चुनाव नडेर हार ब्योहोर्नु भन्दा नलड्दा नै पार्टीमा उहाँको सम्मान बढ्छ, पार्टीको एकता र विश्वसनीयता अभिवृद्धि हुन्छ ।’

भेलामा पूर्व मन्त्रीहरु दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्वमहामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरु रवीन्द्र प्रताप शाह, किशोर बहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मीना सुवेदी, विजकला राई, गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरु धनशुर शाही, एन्टीसंघर्ष राई लगायत पाँच दर्जन सहभागी उपस्थित थिए । यो संगै लिंङदेनलाई द्धवय अध्यक्षको साथ भएको भन्दै युवाहरु निकै नै हर्षित भएका छन् ।

उनिहरु जनताको मन जित्न सफल र कार्यकर्ताको दुख बुझेका अध्यक्ष पाएपछि राप्रपाले सिंगो हिन्दुवादी र राजावादीलाई मिलाएर लैजानेमा ढुक्क छन् । युवा नेताहरु भन्छन्, लिंदेनमा त्यो खुवि छ, जसले पार्टीको मात्र होइन सिंगो देशको नेतृत्व गर्न सक्छ ।

एउटा लिंबुको छोरा भएर हिन्दुराष्ट्र र राजसंस्थाकालागि दिलो ज्यानले लागेको नेताले पक्कैपनि आफ्नो बोलीमा अडिक रहन्छ, हामीलार्य यसमा पूर्ण विश्वास छ । उहाँ जस्तोसुकै कठिन परिस्थितिमा पनि नडग्मगाउने नेता हो, उहाँलाई सबैले साथ दिनुपर्छ । हामीले मात्रै लिंदेनलाई रुचाएको होइन। उहाँको काम र निष्ठा प्रति राजा ज्ञानेन्द्र पनि खुसि हुनुन्छ, राजाले नै रुचाएको उमेदवारलाई हाम्रो साथ नहुने कुरै भएन, राप्रपाका युवा नेताहरुको भनाई हो यो ।

आइतबार बिहान ११ बजे नेता राजेन्द्र लिंदेन र डा. धवल समशेर राणालाई पूर्व राजाले भेटेरै पार्टीको नेतृत्व सम्हाल्न सुझाउनु भएको  दरबार श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved