राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदै

महाधिवेशनमा थापा र लिङदेनको भिडन्त, देशभरबाट करिब ३ हजार प्रनिनिधि

  • मंसिर १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं ।
 छ ।
पर्सिसम्म काठमाडौंको भृकुटीमण्डप हुने महाधिवेशनको आज विहान १२ बजे उद्घाटन हुने छ । फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो । महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा छन् । राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्याउने हुनु भएको छ भने, थापालई राजेन्द्र लिङ्देनले चुनौति दिन लाग्नु भएको हो ।

पटक–पटक विभाजन र एकता गर्दै आएको राप्रपाले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ । राप्रपा एकीकरणपछि तीन अध्यक्ष हुनुहुन्थ्यो भने यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ । तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गर्नु भएका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिएका छन् । दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लाग्नु भएको छ ।

थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई पशुपति शमशेर जबरा, डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा, बिक्रम पाण्डे लगायतको साथ छ । तीन पटक अध्यक्ष हुनु भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय बन्नु भएको छ । राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन् । संघीयता खारेजी, हिन्दु राज्य र राजसंस्थाको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved