सुदूरपश्चिममा छायाङ्कन भएको साङ्लो चलचित्र माघ २४ देखि प्रर्दशन हुने

  • माघ २, २०७६
  • कालापानी मिडिया
alt

सुदूरपश्चिममा छायाङकन भएको चलचित्र साङ्लो आगामी माघ २४ गतेबाट प्रर्दशनमा आउने भएको छ। धनगढीमा बिहीबार आयोजितक पत्रकार सम्मलेनमा साङ्लो चलचित्रका निर्माता समेत रहेका नायक बिराज भट्टले माघ २४ देखि देशैभर प्रर्दशन हुन लागेको जानकारी दिए।

उक्त चलचित्रसुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छतिवन ताल लगायतका लेकाली भेगमा पनि छायाङ्कन गरिएको भट्टले बताए। साङ्लोमा अपराध, मनोरञ्जन तथा ग्रामीण कथा वस्तु समेटिएको उनले उल्लेख गरे। २४ माघबाट देशभर प्रदर्शन हुने चलचित्रमा दर्शकले चाहेको विषय बस्तु पाउने उनको दावी छ। सुदूरपश्चिम प्रदेशमा चलचित्र निर्माणका लागि भर्जिन क्षेत्र रहेकाले प्रचार प्रसारका लागि साङ्लो पनि छायाङकन गरिएको उनले बताए।

‘सुदूरपश्चिममा खप्तड, बडिमालीका, रामारोशन लगायतका क्षेत्र छन्।’ भट्टले भने, ‘चलचित्र मार्फत प्रचार–प्रसार गर्न सकिन्छ। नेपाली चलचित्र उद्योगको आँखा सुदूरपश्चिमका सुन्दर क्षेत्रमा गएको देखेको छैन्। स्थानीय तह र प्रदेश सरकारले चलचित्र निर्माणका लागि सुदूरपश्चिम आउने वातावरण बनाउँनुपर्छ। च्लचित्र लगानीको केही प्रतिशत लगानी उनीहरुले लगाउनुपर्छ।’

बिराज भट्ट फिल्मस प्रालीले निर्माण गरेको नेपाली चलचित्र साङ्लोमा दुई करोड लगानी लागेको दावी गरिएको छ। नेपाली चलचित्र जगतसंगै भारतमा पनि आफ्नो भूमी सुदूरपश्चिमका प्राकृतिक स्थलको बारेमा प्रचार प्रसार गर्ने गरेको उनले सुनाए। ‘भोजपुरी फिल्मका लागि भारतमा हुँदा पनि मैले सुदूरपश्चिमका सुन्दर क्षेत्रलाई देखाउँने गरेको छु। भारतीय चलचित्र निर्मातालाई ल्याउन सके पर्यटकीय क्षेत्रको प्रचार–प्रसारसंगै आर्थिक लाभ पनि हुन्छ। उनीहरु एक सय करोड बढि लगानीका चलचित्र निर्माण गर्छन्। त्यसको केही हिस्सा त नेपालमा नै खर्च हुन्छ।

नेपालको सरकारले केही प्रतिशत खर्च गर्न सके उनीहरु आउन तयार हुन्छन्।’ गत मंसिर १२ गते यूट्युवबाट सार्वजनिक गरिएको चलचित्र साङ्लोको चरीले काफल टिप्यो गीत २० लाख ८६ हजार बढिले हेरिसकेका छन्। गीत र प्रोमोबाट आएको प्रतिकृयाले उत्साहित भएको चलचित्रकी नायिका निकिता चण्डकले बताईन्। उनले सुदूरपश्चिम सुन्दर रहेको प्रतिकृया दिइएकी छन्। सुदूरपश्चिमका मानिसमा सहयोगी भावना रहेको उनले बताईन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved