हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई र उनकी श्रीमती सरिना लामालाई पुत्री लाभ भएको छ ।
यसको खुशी तक्मे बुढाले फेसबुकमा पोखेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो ।
मलाई छोरीको बाबु र मेरो जीवनसाथी लाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु । मेरो छोरी (सभ्यता बि राई) स्वागत शुभ आशिर्वाद ।’उनले झापाकी सरिना लामासँग २०७५ सालको फागुनको अन्त्यमा मागी बिबाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved