काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved