काठमाडौं । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् । प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने सिंहले बताएक हुन् । आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेको बताइएको छ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो। सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो। त्यसका लागि सभापति देउवाको दौड धुप बढेको थियो। आज विहानै प्रधानमन्त्री समेत रहेका देउवाले नेता बालकृष्ण खाडलाई प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका थिए।
प्रकाशमानको सकारात्मक जवाफ पाएपछि देउवा आफै चाक्सीबारी पुगेका थिए। छलफलपछि बोल्दै सभापतिका प्रत्यासी प्रकाशमानले आफ्नो समर्थन देउवालाई रहेको बताए।
प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७ सय मत प्राप्त गरे। सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरे।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७७ मत बदर भएको थियो।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। समितिका अनुसार देउवाले ४८ दशमवल २३, कोइरालाले ३६ दशमल ९३, सिंहले ७ दशमल ९२, निधिले ५ दशमल ३१ र गुरुङले ० दशमल ०४ प्रतिशत मत ल्याए। सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved