इटहरीमा बल्ल सुल्झियाे फाेहाेरकाे लफडा : प्रशाेधन केन्द्रले थाल्याे काम : उपमहानगरले सहयाेग नगरेकाे गुनासाे 

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

  •  तेजबहादुर बन

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा टाउको दुखाको बिषय बनेको फोहोर ब्यवस्थापन अब सहज हुने भएको छ । उपमहानगर क्षेत्रको फोहोर ब्यवस्यापन गर्ने जिम्मा लिएको वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालीले बुधबार देखि प्रशोधन केन्द्रलाइ सञ्चालनमा ल्याएपछि फोहोर ब्यवस्थापनको काम सहज भएको हो । यस अघि उपमहानगरबाट संकलित फोहोरहरू धरान र तरहरा बिचको चारकोशे झाडिमा बिसर्जन गरिदै आएको थियो ।

इटहरी उपमहानगर १० डुमरटकास्थित निर्माण सम्पन्न फोहोर प्रशोधन केन्द्रले फोहोर संकलन र प्रशोधनको प्रकृिया अघि बढाएसंगै वर्षाैदेखि इटहरी वासिले समस्याको रूपमा लिदै आएका फोहोर ब्यवस्थापन बल्ल सुल्झिएको छ । उपमहानगरमा बिगत १० वर्ष देखि फोहोर ब्यवस्थापन सहि स्थानमा हुन नसक्दा बेला बेला बिवाद र आन्दोलन समेत हुदै आएका थिए ।

DSCF4045 इटहरी उपमहानगरको फोहोर ब्यवस्थापनको जिम्मा लिएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिले प्रशोधन केन्द्रलाइ बुधबारबाट सञ्चालनमा ल्याइ सोहि दिनबाट फोहोर ब्यवस्थापनको काम सुरू गरेको छ ।

उपमहानगर क्षेत्रबाट संकलन भएका फोहोर बुधबारदेखि प्रशोधन केन्द्रमै ब्यवस्थापनको काम सुरू भएको र अबको केहि दिनपछि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजनाका प्रकृिया अघि बढेको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका अध्यक्ष मोहनप्रसाद भण्डारीले वताए । यसअघि उपमहानगरबाट संकलित फोहोरहरू धरान र तरहरा बिचको चारकोसे झाडिमा बिसर्जन हुदै आएको थियो ।

फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रांगारिक मल उत्पादन गर्ने योजना अनुरूप प्रशोधन केन्द्रले बुधबार देखि पहिलो चरणमा फोहोर संकलन गरी केन्द्रमा ब्यवस्थापनको काम सुरू गरेको हो ।

इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विचको सम्झौता अनुसार उपमहानगर क्षेत्रबाट फोहोर संकलन गरि बायोग्यास र प्रागारिक मल उत्पादनका लागि फोहोरजन्य वस्तु केन्द्रमै जम्मा पार्न थालिएको हो ।

S0214069मल तथा बायोग्यास उत्पादनका लागि करिव डेढ महिना समय लाग्ने भएपनि केन्द्रमै फोहोर संकलन गरि कुहिने र नकुहिने छुट्याएर प्रशोधनका लागि तयार पार्ने काम सुरु गरिसकेको प्रालिका अध्यक्ष भण्डारीले बताए ।इटहरी उपमहानगरले पर्याप्त सहयोग गर्न नसक्दा प्रशोधन केन्द्रले समयमै फोहोर व्यवस्थापनको काम गर्न नसकेको अध्यक्ष भण्डारीको भनाइ छ ।

उपमहानगरले फोहोर व्यवस्थापनका विषयमा गरिएको सम्झौतामा केन्द्रको निर्माण हुने स्थल आसपास खेल मैदान ,समसान घाट ,बाटो , वाल निर्माण गरिदिने भनि उल्लेख गरेपनि अहिले सम्म काम गर्न नसेकेको उनको भनाइ छ ।

स्थानीयले सहमति नअनुसार भौतिक पुर्वाधार विकास नगरिदिए सञ्चालनमा अवरोध गर्ने चेतावनी समेत दिदै आएका छन । उपमहानगरले पनि बजेट बिनियोजन गरिसकेको र सहमति अनुसारका निर्माणका कामहरू सुरू गर्ने जनाएको प्रालिका अध्यक्ष भण्डारीले बताए ।

इटहरी उपमहानगरपालिकाका २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरि १६ करोडको लागतमा प्रशोधन केन्द्रको काम भई रहेको जनाइएको छ ।

प्रशोधन केन्द्र निर्माण कार्यमा खटिएका इन्जिनियर निराजन सिहंले गुणस्तरिय काम भई रहेको वताए । प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने इन्जिनियर सिहंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद शर्माले लगाए ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द् ...

विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved