''मुखमा राम राम बगलिमा छुरा ''

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

हाेसियार ! हाेसियार ! याे रामकाे रूप धारेर .... रावणकाे कर्तुत गर्दछ । त्याे तिम्राे फुलवारीकाे... विषालु सर्प हाे चिन .... ।।

कवि तथा पूर्वमन्त्री क्षेत्र प्रताप अधिकारी ज्यूले रचना गर्नु भएकाे गीतकाे गहिराइमा पुग्न सकियाे भने छानबिनकाे दुई तिहाई अवस्था तयार गर्न यसैले नै मद्दत पुर्याउने छ ।

यहाँ नेर अलिकति प्रसङ्ग काेट्याउदैछु गीताकाे सार पनि । माैलिक चिन्तनकाे निष्पादन मात्र हाेइन .... अतुलनीय प्रकृतिका तर्क र शब्दले युक्त गीताकाे उपदेशकाे संक्षिप्त सार भनेकाे ज्ञान , कर्म र उपासना नै हाे । ज्ञानले लक्ष्यबाेध गराउछ , कर्मले लक्ष्य सम्म हिडाउछ भने उपासनाले लक्ष्यमा सधैं अासिन गराउछ । त्यसलाई राजनीति भाषामा भन्नु पर्दा अठाेट लिएर निष्ठा पूर्वक भराेसामा चल्नु पर्दछ भनेकाे हाे ।

निष्ठाकाे अर्थ हाे -- निरन्तर लक्ष्यभेदक तिर जस्तै बनेर लक्ष्यमा अचुक हुन पर्दछ भनेकाे हाे । त्यसैले गीता भनेकाे परिशुद्धता हाे - क्रुरता हाेइन , ज्ञानकाे अाकाश गङ्गा हाे -- किन्तु मालिककाे भजन गाउदै उडाउने गरेकाे प्लास्टिकको चंगा हाेइन । गीता भनेकाे क्रमाणुगत विकास वादी दर्शन हाे -- क्रमभङ्ग वादी चिन्तन हाेइन । अनि गीता भनेकाे - सीमाहीन ज्ञान हाे किन्तु कसैकाे सत्ता रसास्वादनका लागि गरिने विमा हाेइन ।

अर्काे कुरा रामायण बाट पनि अलिकति सन्दर्भ मिसाउने प्रयत्न गरेकाे छु । साधुकाे भेषमा त्याे पनि भिक्षुक बनि जब रावणले सीता लाई हरण गर्यो त्यसपछि मन्दाेदरीले जिज्ञासा राख्दै भनेकी छन - लंकेश प्रभु ! हजुर जस्ताे दिग्विजय महापुरूष जसले स्वयं काललाई समेत कारागारमा थुनेर राख्ने सामर्थ्य राख्नु हुन्छ भने एउटा सामान्य वनबासी मान्छे राम लाई मारेर सीता लाई उठाएर ल्याउनु पर्ने थिएन ? किन्तु कायर झैं साधुकाे भेषमा त्याे पनि भिक्षुक बनि हरण गर्नु पर्ने त्यस्ताे के कारण थियाे महाराज ? रावणले भन्छ -- महारानी मन्दाेदरी !

मान्छे हरू साधुलाई धर्मकाे प्रतीक अनि सदाचारकाे प्रेरक ठान्दछन । त्यसैले साधुकााे भेषमा त्याे पनि भिक्षुक बनेर सीता लाई हरण गरेपछि अाम मान्छेमा साधु माथिकाे भराेसा टुट्छ अनि धर्म प्रतिकाे अास्था मरेर जान्छ । सदाचार हराएर जान्छ त्यसपछि मान्छे हरू जब दुराचारी बन्न थाल्छन, साधु हरूलाई खाेजी खाेजी ठेगाना लगाउछन अनि मात्र हाम्राे राज त्रिलाेकमा अनन्त सम्म एकछत्र रहन्छ । त्यसैकारण साधुकाे भेषमा त्याे पनि भिक्षुक बनेर मैले सीता हरण गरेकाे हाे । भन्न खाेजेकाे तात्पर्य यहाँ हरूले बुझ्नु भयाे नै । त्यसर्थ छानबिन हुनै पर्दछ तर अरू कुराकाे हाेइन ..... रामकाे रूप धारेर रावणकाे कर्तुत किन गरियाे ? याे विषयमा छानबिन हुनै पर्दछ जसका कारण हजाराैं कार्यकर्ता हरूकाे जीवन र जवान सहित सम्पूर्ण भविष्य अलपत्र बनाउदा हाम्राे जीन्दगी " छ्याङ निचाेरेर निकालिएकाे काेदाेकाे छाेक्रा " जस्तै बन्याैं ।

लेखक राप्रपाका नेता हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved