चर्चामा बेहुली कट्रिनाको हिराको औंठी !

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

लामो मिडिया गसिपपछि कट्रिना कैफ विक्की कौशलकी दुलही बनेकी छिन् ।कपालमा गजरा, हातमा चुरा लगाएकी कट्रिना कैफ कुनै रानीभन्दा कम देखिँदैनन् । कट्रिनाले विशेष दिनमा सुन्दर रातो लेहेंगा लगाएकी थिइन् ।

त्यसै गरी, विक्की कौशल पनि अफ सेतो शेरवानीमा निकै सुन्दर देखिइरहेका छन् । बिहेको मण्डपमा बसेका विक्की–कट्रिना यति क्युट देखिएका छन् कि उनीहरूबाट आँखा हटाउन मुस्किल छ ।

विवाहको जोडीमा बसेकी कट्रिनाले नीलो हिराको इन्गेजमेन्ट औँठी पनि लगाएकी थिइन् ।

कट्रिना र विक्कीले आफ्नो सम्बन्धलाई निकै गोप्य राखेका थिए । उनीहरूबिच प्रेमको फूल फुलेको सबैलाई थाहा थियो तर पनि उनीहरूको अगाडि कहिल्यै सहमत भएनन् ।

केही समयअघि कट्रिनाको इन्गेजमेन्टको खबर पनि आएको थियो तर उनले त्यसको खण्डन गरेकी थिइन् । विवाहमा बसेकी कट्रिनाको हातमा इन्गेजमेन्टको औँठी देखिन्छ ।

कट्रिनाको नीलो डायमन्ड प्लेटिनम इन्गेजमेन्ट औँठी मेहन्दीले सजिएको सुन्दर हातमा फरक ढङ्गले चम्किरहेको देखिन्छ । चारैतिर हीराले सजिएको कट्रिनाको इन्गेजमेन्ट औँठीको बिचमा टिफनी सोलिटेयर पनि छ।

यो टिफनी सोलिटेयर इन्गेजमेन्ट रिङको मूल्य करिब ७ देखि ८ लाख रुपैयाँ रहेको बताइएको छ । योसँगै विक्की कौशलको इन्गेजमेन्ट रिङ पनि प्लेटिनमको छ । तर, यसमा हिरा छैन ।

विवाहको तस्बिरमा कट्रिना र विक्कीबीचको केमेस्ट्री पनि छ । बलिउडको सबैभन्दा सुन्दर जोडीको अनुहारमा नयाँ यात्राको खुसी प्रस्टै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved