विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

  • पुस २, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ ।  संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । 

समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए ।

महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसकालागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सव उद्घाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने बिभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ । सोहि दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीबाट महोत्सव समापन हुनेछ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved