होमक्वारेन्टाइनको नियम तोडेको भन्दै आलिया विरुद्ध मुद्दा हाल्ने तयारी !

  • पुस २, २०७८
  • कालापानी मिडिया
alt

मुम्बइ ।  बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ । उनी गत डिसेम्बर ८ मा निर्माता करण जोहारको पार्टीमा सहभागी भएकी थिइन् । यो पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले उनले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका लागि नयाँदिल्ली पुगेकी थिइन् । यसपछि बीएमसीले उनलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उनी मुम्बई फर्किइन् ।

यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ । ‘आलिया भट्ट नियम उल्लंघन गरेर दिल्ली गइन् र त्यहाँ गएपछि आफ्ना तस्वीर सामाजिक सञ्जालमा राखिन् । जुन आफैंमा गलत कुरा हो । आलियाले पाठ सिक्नु जरुरी छ र कानुन सबैलाई समान छ । आलिया एक सेलिब्रेटी भएकाले उनलाई धेरैले पछ्याउछन् भन्ने कुरा बुझ्न आवश्यक छ । त्यही कारण एक जिम्मेवार नागरिकका रुपमा आलियाले यी सबै नियमलाई उल्लंघन गर्नु हुँदैन थियो’, मुम्बई महानगरपालिकाको हेल्थ कमिटी अध्यक्ष राजुल पटेलले भनेका छन् ।

आलिया बुधबार रणवीर कपूर, निर्देशक अयान मुखर्जी र अन्य फिल्म टिमका साथी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को नयाँदिल्लीमा प्रमोसन गरेकी थिइन् । यसबाहेक उनी नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved