मंगल ग्रहमा जमिनभन्दा ३ फिट मुनि भेटियो ठूलो मात्रामा पानी

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

 युरोप स्पेस एजेन्सी (ईएसए) ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ । मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो । डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ) ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पारेको हो ।

ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको हो । उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरमा फैलिएको छ । पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्स देखको आकार बराबरको रहेको ईएसएले बताएको छ ।

यो क्षेत्रमा पानी पाउने सम्भावना सबैभन्दा धेरै छ । शोधको लेखकमध्येका एक अलेक्सी मलाखोभले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले पायौं कि भल्लेस मरिनर्सको मध्यवर्ती क्षेत्र पूरै पानीले भरिएको छ । यहाँ पानीको मात्रा हाम्रो अपेक्षाभन्दा पनि धेरै छ ।’ उनका अनुसार यहाँ पृथ्वीमा सधैं बरफको रुपमा रहेको पानी जस्तै त्यहाँ पनि जमिनमुनि ठूलो मात्रामा पानी रहेको छ । यो क्षेत्रमा निरन्तर कम तापमान भएकाले सधैं बरफ सुख्खा जमिनमुनि रहेको छ ।

सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो । सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगल ग्रहमा बरफ रहेको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved