८४ देशमा फैलियो ओमिक्रोन, नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउन

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुई जना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ ।

प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् । हालसम्मकै सबैभन्दा कडा मानिएको नेदरल्याण्डको नयाँ नियम आइतबारदेखि लागू हुनेछ । ‘म आज यहाँ निकै उदास मूडमा उभिइरहेको छु, मलाई हेरिरहेका धेरै मानिसले पनि यस्तै महसुस गर्नेछन्,’ रुथले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने । ‘यसलाई एक शब्दमा भन्नुपर्दा, नेदरल्याण्डमा भोलिदेखि लकडाउन लागू गरिनेछ ।’

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चार जना व्यक्ति आफन्तको घरमा जान पाउने छन् ।

अन्तिम संस्कार, ग्रोसरी बेच्न साप्ताहिक रुपमा लाग्ने बजार र दर्शक बिनाका व्यावसायिक खेल प्रतियोगिताबाहेक अन्य कार्यक्रमका लागि अनुमति दिइने छैन । जनवरी ९ सम्म सबै स्कूल बन्द हुनेछन् भने लकडाउनका अन्य प्रतिबन्ध १४ जनवरीसम्म लागू हुनेछ ।

रेष्टुरेन्ट टेकअवे सेवाका लागि खुल्ला रहन सक्नेछ र अति आवश्यकतामा नपरेका पसलले ‘क्लिक एण्ड कलेक्ट’ को अफर प्रदान गर्न सक्नेछन् । ‘मैले अब नेदरल्याण्डको सुस्केरा पूणर् रुपमा सुन्न सक्छु । यो समय क्रिसमसको ठ्याक्कै एक हप्ता अघिको हो । यो यस्तो क्रिसमस हो जुन हामीलाई मनपर्ने भन्दा ठिक विपरित छ,’ रुथले भने । उनले थपे, ‘तर यसो नगरिएको खण्डमा अस्पतालमा अव्यवस्थित स्थिति निम्तिन सक्छ ।’

केही हप्तासम्म नेदरल्याण्डका हस्पिट्यालिटी एण्ड कल्चरल भेन्यूमा कर्फ्यू नै लगाइएको थियो । डच नेशनल इन्स्टिच्यूट फर पब्लिक हेल्थले कोरोना महामारी सुरु भएदेखि यहाँ २९ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको र २० हजार बढीको मृत्यु भएको जानकारी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्पी त्रास बढ्दो छ । २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो ।

ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ । ‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved