पानामा पेपर्स प्रकरणः बलिउड अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ । भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो ।

गैरकानुनी ढंगले विदेशमा सम्पत्ती लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो । चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् ।

पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो । दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरुमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो । विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कस्तो हथकन्डा अप्नाउछन भन्ने बारेमा पानामा पेपर्सले एतिहासिक खुलासा गरेको थियो ।

आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर विश्वका कयौं धनाढ्यले स्वदेशमा कर छली गर्नेदेखि कालो धनलाई सेतो बनाउने गरेको पानामा पेपर्सले खुलासा गरेको थियो । एजेन्सीकाे सहयाेगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved