चर्चा बटुल्दै झापाली अनुजा

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

झापा / गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ ।

भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्– नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल र ‘द भोइस किड्स नेपाल’ । यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पु¥याइरहेको छ ।

‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । द भ्वाइस किड्स नेपालको ब्याटल राउण्डबाट लाइभ राउण्डका लागि छानिएकी १९औं प्रतियोगी हुन्– अनुजा । उनले कोच प्रविशाको टिमबाट व्याटलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले सारा महर्जन र अमिता थापालाई पछि पारेकी थिइन् । ‘कहिले काहिँ मलाई पनि हेरिदेऊ फर्केर, सँधैभरि मदेखि नजाउन तर्केर’ बोलको गीत गाएकी थिइन् । कुन्ती मोक्तानको आवाजमा सजिएको यो गीत जो कहिले सहजै गाउन नसक्ने संगीत क्षेत्रका अगुवाले बताउँदै आएका छन् । यो गीत गाएर चार जना निर्णयकलाई आफूतिर आकर्षित गरेकै कारण उनको चर्चा झापामा मात्रै चलेको छैन देशभर नै चुलिएको छ । नौ वर्षे कलिलो उमेरमा कुन्ती मोक्तानको यस्तो कठिन गीतलाई दुरुस्तै गाएकै कारण गायन क्षेत्रमा अनुजाले धमाका मच्चाएको एकथरीको विश्लेषण छ ।

नौं बर्षमै धमाका मच्चाउने को हुन् अनुजा ?

आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् ।
झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् । अध्ययनमा समेत सँधै प्रथम स्थान हासिल गर्दै गायन क्षेत्रलाई अघि बढाएकी अनुजा झापामा हुने विभिन्न सांगीतिक र साहित्यिक कार्यक्रममा यो उमेरमै प्रमुख अतिथि बन्दै अरुलाई समेत हौसला र प्रेरणाकी पात्र बन्ने गरेकी छिन् ।

स्वर सम्राट नारायण गोपाल, तारादेवी, फत्तेमान, कुन्ती मोक्तान, जस्ता गायकले गाएका गीत गाउन रुचाउने अनुजा हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार प्रशारित ‘द भ्वाइस किड्स नेपाल’मा आफ्नो प्रस्तुतिकै कारण चर्चाको शिखरमा छिन् ।

साहित्य चौतारी झापाद्वारा समेत सम्मानित उनी झापाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाबाट सम्मानित तथा अभिनन्दित भएकी छिन् । खेलकुद प्रति पनि उत्तिकै रुची राख्ने उनी खेल क्षेत्रमा समेत अब्बल छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved