विवाह गरेको महिनौंपछि श्रीमान पोर्न स्टार भएको थाहा पाएपछि...

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो घटना बेलायतaको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोश नाम भएका युवकसँग विवाह गरिन् । इ–४ को शो ९म्यारिड एट फर्स्ट साइट० मा भाग लिनुभन्दा अघि एमीले  कम बजेटका थुप्रै एक्स–रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।  

एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरिन् । उनको यस्तै एक्स रेटेड पहिलो फिल्मको सुटिङ त्यतिबेला भएको थियो जब उनी २५ वर्षकी मात्रै थिइन् ।​ एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पोर्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए ।

हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल झगडा हुन थालेको छ ।एमीको असाध्यै मुड स्विङ हुने कुरा जोशलाई मन नपरेको बताउने गर्छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved