बच्चन परिवारमाथिको संकट कति गम्भीर ? इडीले हिजो ऐश्वर्यालाई ७ घण्टा के–के सोध्यो ?

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

पनामा पेपर लिक मामिलामा सोमबार बलिउड अभिनेत्री ऐश्वर्या रायसँग प्रवर्तन निर्देशनालय (इडी)ले ७ घण्टासम्म सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको सम्पत्ति र बैंक खाताहरुबारे प्रश्न गरिएको थियो । भारतीय अखबार दैनिक भास्करले सूत्रको हवाला सिदँदै इडीले ऐश्वर्यासँग ‘५० हजार डलरमा किनेको कम्पनी केवल १५०० डलरमा किन बेच्नुभयो ? अमिताभ बच्चनकी बुहारी बनेपछि कम्पनीहरु किन बन्द गर्नुभयो ?’ भनेर सोधेको थियो ।

इडीले सोमबार ऐश्वर्यासँग दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको थियो । इडीका अधिकारीहरुले ऐश्वर्याका लागि प्रश्नहरुको सूची पहिले नै तयार गरेका थिए । इडीका अधिकारीहरुको प्रश्नको जवाफ दिएपछि ऐश्वर्या बेलुकी साढे ७ बजे इडीको कार्यालयबाट बाहिरिएकी थिइन् । सूत्रका अनुसार ऐश्वर्या इडीको कार्यालयको पछाडिको ढोकाबाट बाहिर निस्किएकी थिइन् । उनले इडीको अगाडि केससँग सम्बन्धित केही दस्तावेज पनि पेश गरेकी छिन् ।

अखबारका अनुसार इडीले मुख्य ५ प्रश्नहरु सोधेको थियो । ‘१. तपाइँ कुन कुन कम्पनीहरुमा निर्देशकको पदमा रहिसक्नुभएको छ ? २. अमिताभ बच्चन जुन कम्पनीमा निर्देशक हुनुहुन्थ्यो पछि ती कम्पनीको शेयर किन बेचियो ? ३. २००८ पछि कम्पनीहरु किन बन्द गरियो ? ४. के तपाइँको कम्पनीले आरबीआइ वित्तिय लेनदेनको अनुमति लिएको थियो ? ५. बिहेपछि कम्पनीहरु किन बन्द गर्नुभयो, ५० हजार डलरको कम्पनीलाई केवल १५ सय डलरमा किन बेच्नुभयो ?’ भनेर सोधिएको थियो ।

पनामा पेपर्स मामिलामा भारतका करिब ५०० जना संलग्न भएको बताइएको छ । यसमा नेता, अभिनेता, खेलाडी, व्यवसायीसहित अधिकांश वर्गका प्रमुख हस्तीहरुका नाम छन् ।यी व्यक्तिहरुमाथि कर छलीको आरोप छ र यो विषयमा कर नियामक निकायले जाँच गरिरहेको छ । यो जाँच केही महिनादेखि चलिरहेको छ । यो जाँचमा विभिन्न क्षेत्रका हस्तीहरु तानिएका छन् । एक महिना पहिले अभिषेक बच्चन पनि बयान दिन इडी कार्यालय पुगेका थिए । उनले केही दस्तावेज पनि बुझाएका छन् । इडी सूत्रका अनुसार इडीले अब अमिताभ बच्चनलाई पनि बोलाउँदैछ ।

२०१६ मा बेलायतको पनामाका कानुनी फर्मको १.१५ करोड करका दस्तावेज लिक भएका थिए । यसमा विश्वभरका नेताहरु, व्यवसायीहरु र ठूला हस्तीहरुको नाम सार्वजनिक भएको थियो । भारतका ५०० जनाको नाम यी दस्तावेजबाट सार्वजनिक भएको थियो । यही सूचीमा बच्चन परिवारका सदस्यहरुको नाम पनि छ ।

एक रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाइएको थियो । यीमध्ये ३ कम्पनी बहामासमा थिए । एउटा भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीहरु १९९३ मा बनाइएका थिए । यी कम्पनीको संस्थापक पूँजी ५ हजारदेखि ५० हजार डलरबीच थियो । तर, यी कम्पनीहरु ती शिपको कारोबार गर्थे जसको मूल्य करोडौंमा थियो ।

ऐश्वर्यालाई पहिले एक कम्पनकिो निर्देशक बनाइयो । पछि उनलाई कम्पनीको शेयर होल्डर घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्रा.लि. थियो । यसको मुख्यालय भर्जिन आइल्याण्डमा थियो । ऐश्वर्याका अलावा पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका पार्टनर थिए । यो कम्पनी २००५ मा बनाइएको थियो । तीन वर्षपछि २००८ मा कम्पनी बन्द भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved