नायकले नै फिल्मको पारिश्रमिक नपाएर स्टाटस लेखे, स्वस्तिमा र लक्ष्मीले राखिन प्रतिकृया

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा काम गर्ने कलाकारले पारिश्रमिक नपाएको गुनासो बेला बखत सुनिन्छ । आगामी पुस १५ गते रिलिज हुने फिल्म ‘चपली हाइट ३’ रिलिज नहुँदै चर्चामा छ । त्यसको कारण भने फिल्मको कथा भन्दा पनि कलाकारहरुका कारण हो । फिल्म निर्मातासंग कलाकारको मन नमिले पछि अहिले फिल्मको प्रमोशनमै त्यसको प्रभाव देखिएको छ ।

फिल्ममा मुख्य भूमिका रहेकी नायीका स्वस्तिमा खड्का नै प्रमोशनका कार्यक्रममा देखिएकी छैनन् । नायिका स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीच स म्ब न्ध विग्रिएका कारण प्रमोशनमा उनी नदेखिएकी हुन् । अभिनेता महेश त्रिपाठी र निर्देशक निकेश खड्कालाई लिएर निर्माता कुमार फिल्मको प्रमोशनमा हिँडिरहेका छन् ।

यसैबीच, फिल्मका कलाकारले पारिश्रमिक नपाएको कुरा अहिले बाहिरिएको छ । फिल्मको पहिलो सिक्वेलदेखि नै संलग्न अभिनेता आमिर गौतमले पारिश्रमिक नपाएको कुरा सामाजिक संजालमै लेखेर असन्तुष्टि पोखेका छन् । अभिनेत्री लक्ष्मी बर्देवाले पनि त्यसमा टिप्पणी गर्दै आफूले पनि पारिश्रमिक नपाएकोतर्फ संकेत गरेकी छिन् ।
गौतम लेख्छन्, ‘३ दिन जाडोमा भिजेर सु टि ङ सक्काएको फिल्मको पैसा त आउँदैन भने अरुको के हालत होला ।’ यो स्टेटसमा अभिनेत्री बर्देवाको टिप्पणी छ, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’

अभिनेत्री स्वस्तिमा खड्काको टिप्पणी छ, ‘लक्की चार्म आमिर गौतम भिजेपछि चार्म हराएजस्तो छ ।’ स्वस्तिमाले घुमाउरो ढंगले आमिर र निर्मातालाई व्यंग्य गरेकी छिन् । फिल्ममा स्वस्तिमाको मुख्य भूमिका छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved