अधिवेशन पछिका आरोप हरुले कतै उचाइ त घटाइरहेको छैन ?

एकपटक राप्रपाले राजसंस्था स्थापनाको लागि आन्दोलन गर्नु पर्छ त्यो आन्दोलन नै राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको लागि अन्तिम आन्दोलन हुनेछ।

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

        -जनकराज पाठक

राप्रपाको महाधिवेशन सम्पन्न भइ नया नेतृत्व क्रियासिल भइसकेको अवस्थामा समेत केही व्यक्ति हरु यसलाई स्विकार गर्ने पक्षमा देखियनन। राप्रपामा सदैव देखिने समस्याको पुन पुनरावृत्ति हुने सम्भावना देखियको छ। पहिलो पल्ट राप्रपाले सक्रिय सदस्य मार्फत महाधिवेशन प्रतिनिधि को चयनका साथै पार्टीका उपाध्यक्ष,महामन्त्री लगायतको निर्वाचन समेत गर्यो।राप्रपा लाई विधि,विधान,निति र सिद्धान्तले डोराउने गरि महाधिवेशनले आर्थिक,सामाजिक र राजनीतिक कार्यपत्र समेत पास गरेको छ।

राष्ट्रियता,प्रजातन्त्र र उदारवाद को जगमा उभिएको राप्रपा लाई यो महाधिवेशनले राजसंस्था सहितको हिन्दराष्ट्र र प्रजातन्त्रको पक्षमा अझ स्पस्टताका साथ उभिन अनुमोदन समेत गरेको छ। मुलुकभर उठिरहेको युवा नेतृत्वको पक्षमा राप्रपाको यो अधिवेशनले स्पष्ट निर्णय गरिदियको छ।अधिकांश केन्द्रीय समितिका सदस्य हरु युवा नै आयका छन।

जोस,जागर र उर्जाले भरियका युवा तथा महिलाको मात्र समिति हैन कि,मुल नेतृत्वमा समेत युवा लाई स्थापित गरिदियको छ।महाधिवेशनले केवल नेतृत्व मात्र चयन गरेको छैन कि राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनार्थ हुने आन्दोलनको समेत जिम्मेवारी सुम्पियको छ। एकपटक राप्रपाले राजसंस्था स्थापनाको लागि आन्दोलन गर्नु पर्छ त्यो आन्दोलन नै राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको लागि अन्तिम आन्दोलन हुनेछ।

हरेक पार्टीको महाधिवेशन भनेको सर्वोच्च निकाय हुन्छ, पार्टीका सवै सैद्धान्तिक विषयमा उठने आवाज र नेतृत्वको छिनोफानो गर्ने थलो महाधिवेशन हो।सर्वोच्च निकाय महाधिवेशनमा भागलिने प्रतिनिधि भनेका सार्वभौम हुन्छन।जुन प्रतिनिधि चयन यस पटक राप्रपाले अझ प्रजातान्त्रिक पद्धति मार्फत गरेको छ। सार्वभौम प्रतिनिधिको उपस्थितमा हुने सर्वोच्च सभाले गरेको निर्णय सवैले मान्नुको विकल्प छैन।हामिकहा पनि मान्न त करवलले मानियो तर त्यसपछिका दिनहरुमा आवेषमा आयर व्यक्त गरियका उत्तेजित विचारहरु आश्चर्यजनक मात्र हैन चिन्ताजनक पनि छ।

राप्रपाको मुल विचार एवं आस्था राजसंस्था लाई एउटा दलको अध्यक्ष छान्न प्रयोग भयो भनेर दलभित्रै वाट जुन आलोचना भइरहेको छ,त्यसले राप्रपाको राजनीतिक जीवन मात्र हैन गतिविधि लाई समेत पछडि धकेल्ने हुदा आफ्नो हारको पिडामा यस्ता गंभिर विषयमा टिप्पणी नगर्नु नै वेस हुन्छ। राप्रपाले हस्तक्षेपकारि राजसंस्था कदापि खोजेको मात्र हैन कि सोचेको सम्म पनि छैन। हो राजसंस्था समन्वयकारि हुनु पर्दछ तर यसको व्याख्या आफू अनुकुल कदापि गर्न पाइदैन।अनुकुल हुदा ठिक प्रतिकुल हुन वेठिक भन्ने अधिनायकवादी चिन्तन वाट सर्वप्रथम मुक्त हुनुपर्दछ।

अधिवेशन अगाडि दरवारको समर्थन कमल थापा लाई भन्ने समाचारहरु नपढियको हैन,त्यसमा रमायर हिडेका साथिहरु नदेखियको पनि हैन तर परिणाम हात नलागे पछि दुर्वचन प्रयोगको कुनै अर्थ छैन। सार्वजनिक संचारमाध्यममा राजसंस्थाको वारेमा विषवमन गरेको मात्र हैन कि हस्तक्षपकारि राजसंस्था स्वयमले खोजेको प्रष्ट देखिन्छ। राजसंस्थाका प्रतिनिधिहरुले हस्तक्षपकारि भुमिका उहाको पक्षमा निर्वाह गर्न मन्जुर नगरेपछि तथानाम गालिवेइज्जति का शव्दवाण हरु जुन चलिरहेका छन त्यो पुर्णतः प्रत्युत्पादक छ वेलैमा चेत होस।

उहाकै भनाइमा महाधिवेशन अगाडि लन्चको समयमा पार्टी नेतृत्व पुन आफुले नै पाउनुपर्ने भन्ने विषय असान्दर्भिक मात्र थियन कि घोर अप्रजातान्त्रिक पनि थियो । महाधिवेशन मा ७७ जिल्ला वाट आउने करिव ४७ सय प्रतिनिधि लाई हलि,गोठाला सम्झेर कुन शक्ति को साथ खोज्दै हिडनु भयको थियो ?
महाधिवेशनको निर्णय आफ्नो पक्षमा पार्न विभिन्न शक्तिकेन्द्र हरुको आशिर्वाद को निमित्त तयार हुने र असफलता हात लागेपछि वान्ता गर्नुको खासै तुक रहदैन होला।

स्मरण रहोस दरवारका सचिवहरुले राजसंस्था को प्रतिनिधित्व गर्दैनन,सचिव एक चलायमान पद हो उ स्वतन्त्र पनि हुन्छ। हरेक व्यक्तिले समसामयिक राजनीतिक विषयलाइ नियालि रहेको हुन्छ। त्यस सन्दर्भमामा कुनै सचिवले राप्रपाको अधिवेशन लाइ नजिकवाट हेर्नू अपराध हो र ? हेर्न पाइदैन हो र ? आफू साथ र सहयोग लिन नसक्ने अनि किन म माथि विश्वास भयन त्यतातिर नहेरि चिच्याउनु को अर्थ छ र ? आफू निकट कोहि व्यक्ति ले कुनै ठाउमा प्रतिस्पर्धा गरिरहदा उसको भलो चिताउनु कुन अपराध हो र ?  दलको महाधिवेशनले चयन गरेको नेतृत्वको सन्दर्भमा दरवारका सचिवहरु कठघरामा उभिनु पर्ने ?

घोर आश्चर्य ! उल्का !! अचम्म !! नेपालको राजनीतिमा असलपात्र को रुपमा जवरजस्त स्थापित डा.लोहनी निस्कलंकित विद्वान जसलाइ राप्रपाले मात्र हैन अन्य दलले समेत सम्मानपूर्ण व्यवहार गर्दछ, जुन व्यक्ति राप्रपा स्थापना कालमा मृत्युको मुखवाट बाहिर आयर क्रियासिल रह्यो जुन व्यक्त हजारौंको भिडमा स्पात जस्तै टलक्क टलक्नछ जसले राप्रपाको स्थापना कालमै यसको मार्गचित्र तय गर्यो त्यो व्यक्ति उपर को छुद्र टिप्पणीले आफ्नो कद वढने हैन थप घटिरहेको स्पष्ट छ।

कार्यकर्ताको रगत र पसिना वाट ऋजित पार्टीमा एक पटक २ र अर्को पटक १ करोड पैसा लियको दल लाई परनिर्भर वनाउनु राजनीतिक सफलता हो र रुअर्थ लगानीको अवसर अन्यलाइ दियर हस्तक्षपकारि भुमिका त पहिलावाट नै पार्टीमा चलिरहेको रहेछ । यस्ता तमाम विषयमा आइरहेको छुद्र टिप्पणीले आफ्नो राजनीतिक कद घटिरहेको र त्यो अनुत्पादक हुने स्पष्ट छ। अन्तमास् एउटा अन्तरवार्ताले उव्जायको यति विचार सामाजिक संजालमा राख्न पाउँदा आफुलाइ गौरव महसुस गरेको छु र एक कार्यकर्ता यति परिपक्वो ढंगले सबल र सक्षम भयर वोलिरहदा नेतृत्व पनि खुसि नै रहने विश्वास गरेको छु।
अन्तिम एक प्रश्न ?
यति सवै चिजको वावजुद नेतृत्वमा आफू निर्वाचित हुनु भयको भय राजसंस्था माथि यति गंभिर प्रश्न उठथ्यो वा उठदैनथ्यो ?

लेखक जनकराज पाठक
हालै सम्पन्न महाधिवेशन वाट निर्वाचित केन्द्रीय सदस्य हुन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved