जसले आफूमाथि एसिड प्रहार गर्यो उसै संग बिहे, वर्षौंसम्मको कानुनी लडाइँ खेर गयो :पिडित

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

प्रेम अन्धो हुन्छ कुरा सायद तपाईंले पनि सुन्नु भएको होला । प्रेम सम्बन्धलाई लिएर कहिलेकाहीँ विश्वास गर्न गाह्रो पर्ने घटनाहरु हुन्छन् । हालै, टर्कीमा २० वर्षीया ए’सि’ड पीडित युवतीले आफूमाथि ए’सि’ड प्र’हा’र गर्ने व्यक्तिसँग विवाह गरेकी छन् ।

यो विवाह सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले युवतीको आलोचना गरिरहेका छन्, भने कतिपयले यसलाई व्यक्तिगत निर्णय भन्दै समर्थन गरिरहेका छन् ।

ए’सि’ड सर्भाइभरको नाम बर्फिन ओजेक हो, जसमाथि २०१९ मा कासिम ओजान सेल्टी नामका केटाले ए’सि’ड फ्याँ’के’का थिए । आरोपितले लगातार माफी मागेपछि पीडितलाई दया लाग्यो र आरोपित युवकसँगै विवाह गरिन् ।

बर्फिन ओजेक र कासिम ओजान सेल्टी दुवै एकअर्काको प्रेममा थिए । तर जब बर्फिनले सम्बन्ध अन्त्य गर्ने कुरा गरिन्, कासिमले उनलाई ए’डि’स हा’ने’का हुन् ।

आरोपितले पीडितलाई ए’डि’स फ्याँक्नुअघि आफ्नो हुन नसके अब अरु कसैको हुन नसक्ने चेतावनी दिएका थिए । यो दुर्घटनापछि पीडित युवती होशमा आउन केही समय लाग्यो । उनले प्रहरीलाई आफ्नो प्रेमीबारे बताएकी थिइन् ।

त्यसपछि आरोपीलाई पक्राउ गरी अदालतले १३ वर्षको जेल सजाय सुनायो । जब कासिमले आफ्नो गल्ती महसुस गरे, उनले बर्फिनलाई धेरै सन्देशहरू पठाए ।

अन्तमा बर्फिनलाई पनि दया लाग्यो । केही समयपछि दुवैले एकअर्कालाई चिठी पठाएर कुरा गर्न थाले । कोरोना नियमका कारण कानूनमा केही परिमार्जन गरियो, जसकारण ती युवक छिट्टै जेलबाट छुटे ।

जेलबाट बाहिर आउनेबित्तिकै कासिमले बर्फिनलाई प्रस्ताव राखे र दुवैले विवाह गर्न पुगे । यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बर्फिनका बुबा यो बिहेबाट निकै आ’क्रो’शमा छन् । उनले यो बिहेबारे आफूलाई केही थाहा नभएको बताए । वर्षौंसम्म कानुनी ल’डा’इँ ल’ड्दा पनि सबै बर्बाद भएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved