आज पनि आकाशमा बादल, कस्तो छ वर्षाको सम्भावना?

  • आश्विन २०, २०७६
  • कालापानी मिडिया
alt

आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान पूर्वी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षासमेत भएको छ।

तर आज केही स्थानबाहेक पानी पर्ने सम्भावना खासै नरहेको वरिष्ठ मौसमविद् वरुण पौडेललले बताए।

‘दिउँसो पूर्व र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘पूर्वका धरान, धनकुटा तथा पश्चिमका सुर्खेत/जुम्लातिर हल्का पानी पर्ने सम्भावना छ।’

काठमाडौं उपत्यकाको आकाश पनि अहिले धुम्म परेको छ। तर दिउँसो बिस्तारै खुल्दै जाने वरिष्ठ मौसमविद् पौडेलको अनुमान छ। आजलाई उपत्यकामा पानी पर्ने खासै सम्भावना नदेखिएको उनले बताए।

नेपालबाट मनसुन अझै बाहिरी नसकेकाले दसैं अवधिभर पानी पर्ने सम्भावना भने रहेको उनले बताए।

‘यद्यपि त्यस्तो ठूलो सिस्टम छैन,’ उनले भने, ‘त्यसैले पानी परे पनि यसो आधा घण्टाजति हल्का हुने हो।’

भोलि दसैंको टीकाको दिन पनि पानी पर्ने सम्भावना छ। खासगरी भोलि दिउँसो पूर्वी क्षेत्रका तिनै धरान, धनुकुटालगायत आसपासका क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

मध्य र पश्चिम क्षेत्रमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको उनले जानकारी दिए।

‘तर भोलि दिउँसो काठमाडौं उपत्यका तथा आसपासका धादिङ, गोरखा क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना देखिन्छ,’ उनले भने।

मनसुन बाहिरिन मनसुनी अर्थात् पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ। तर अहिलेसम्म त्यसो हुन नसकेकाले मनसुन अझै केही दिन रहने देखिएको वरिष्ठ मौसविद् पौडेलले बताए।

तर मनसुनी प्रणाली दिनप्रतिदिन कमजोर बन्दै गएकाले लगातार झरी वा ठूलो पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved