राजनीतिक दलहरुले नेपाल एकिकरण कर्ताको अवमुल्यन गरे

  • पुस २७, २०७८
  • कालापानी मिडिया
alt

                 विसं १७७९ मा पुस २७ का दिन पिता राजा नरभुपाल शाह र माता रानी कौशल्यावतीका प्रथम पुत्रका रुपमा जन्मिनु भएका पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोर्नुभएको हो यसमा दुइमत छैन । नेपाल एकीकरणको मुहान मानिएको नुवाकोटका नागरिक र आधुनिक नेपालको जन्मदाता एवं राष्ट्रिय एकताका प्रतिकका रुपमा खासगरी पृथ्वीनारायण शाहलाई सधैँ श्रद्धा, सद्भाव र सम्मान दिने गर्दछन् ।

                     एकीकरण अभियान थालनी भएको नुवाकोट ऐतिहासिक दृष्टिले नेपालको दोस्रो राजधानी, पृथ्वीनारायण शाहद्वारा दिव्योपदेश जारी भएको थलो र उहाँले देहत्याग गरेको भूमि भएका कारण पनि उहाँको मूल्याङ्कन अन्यत्रभन्दा नुवाकोटमा बढी हुने गरेको छ । अझ, नेपाल एकीकरणसँगै यहाँ भित्रिएको मुस्लिमसहितका हिन्दू धर्मावलम्बीको बसोबास, ठकुरी, मगर, नेवार, कुमाल, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा पृथ्वीनारायण शाहकै कारण फैलिएको नेपाल चार जात छत्तिस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ ।

                       नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायणको स्मरणमा २००७ सालपछि एकता दिवस मनाउन थालिएको थियो, तर ६२ र ६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन । लामो समयदेखि राष्ट्रियस्तरबाट र केही वर्षदेखि जनस्तरबाट मात्र पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस’का बारेमा नेपालीले विभिन्न तर्कवितर्क गर्दै आइरहेका छन् । तर, यसको सुनुवाइ भने सरकारबाट हुन सकेको छैन । जुन राष्ट्र निर्माता प्रतिको अपमानजनक व्यवहारका रुपमा लिन सकिन्छ । पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यलाई एकीकरण गरेर बृहत् नेपाल बनाउनुभएको थियो । हामीले उहाँको यो योगदानलाई भुल्न हुदैन ।

                      तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिनुभएको उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको छ । उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्छ भन्ने आभास सम्पूर्ण नेपालीमा हुनुपर्ने हो । तर, बिडम्वनाका साथ भन्नु पर्छ अहिलेका राजनीतिक दलहरुले नेपाल एकिकरण कर्ताको अवमुल्यन गर्न थालेका छन् । उहाँले खडा गरेको सिंगो नेपालको इतिहास भुल्न थालेका छन् । हामीले पृथ्वीनारायण शाहको बाटो बिराएकै कारण पूर्वमा टिष्टा, पश्चिमकिल्ला काँगडा, दक्षिणमा गङ्गा नदीसम्म फैलिएको नेपाल ब्रिटिस–इण्डियासँग भएको सुगौली सन्धिपश्चात् निकै खुम्चिएको छ । खुला सिमाना रहेको भारतले नेपालको सीमा अतिक्रमण मात्रै गरेको छैन नेपालमा भारतीयकरणको अभियान जारी राखेकोे छ । जुन कुरा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सोच्नुभएको र चाहनुभएको थिएन ।

                   पृथ्वीनारायण शाहको दिव्योपदेशमा जेजे कुरा नगर्नु भनिएको थियो त्यहि कुरा अहिले राजनीति र कूटनीतिका नाममा दलका नेताहरुले गरिरहेका छन् । यो नै राष्ट्र र जनताप्रतिको दुर्भाग्य हो । र राष्ट्रप्रतिको कुठाराघात हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अपमान गर्नु, उहाँको देनलाई बिर्सन खोज्नु गम्भीर ऐतिहासिक भूल हो । नेपाल एकीकरणको महायात्रा शुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर चार वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नुभएका राष्ट्र निर्माता शाहले नुवाकोट र बेलकोटको विजयपछि गोरखालीले अन्य अरु ठाउँमा विजय प्राप्त गरेको इतिहास हामीले पढेका हौ । विश्वमा विजयी भएर उपनिवेश चलाउन सफल अंग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो ।

            अंग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । जसका कारण भारतमा उपनिवेश चलाइरहेका अंग्रज समेत उहाँसंग डराएको इतिहास हाम्रा सामु छ । उहाँले एकीकरणकालदेखि शुरु गर्नु भएको सांस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन, ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नुवाकोटका नौ वटा ऐतिहासिक कोट र नुवाकोटको साततले दरबार लगायतका अनेकौँ साक्षी प्रमाण, शाहको पौरख र अस्तित्व अझै पनि हाम्रा सामु छन् ।

            यस्ता राष्ट्रका यो देशका निर्माता नेपालीका अभिभावक श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाह र उहाँका अस्तित्वलाई सम्पूर्ण देशबासीले जोगाएर राख्नु पर्छ र विशेष गरी हामी युवाले भावी सन्ततिलाई उहाँको ऐतिहासिक धरोहरलाई सम्झाउनुपर्छ । अन्यथा भावी सन्ततीले नेपाल कसरी बन्यो भन्ने बारे जानकार नुहुनु त दुखद छदैछ, राष्ट्र निर्माताको इतिहास जोगाउन नसकेकोमा हामीलाई अवस्य सराप्ने पनि छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved