यम बरालले भन्छन, ‘ मैले दोस्रो विवाह गरेकै हुँ तर गोप्य राखें’

  • पुस ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । लोकप्रिय गायक यम बरालले आफ्नो दोस्रो विवाह छोराको कारणले गोप्य राखेको बताएका छन् । ‘अहिले सामाजिक संजालमा सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी धेरै हुने गरेको छ । मैले विवाह सार्वजनिक गर्दा पनि विभिन्न टिकाटिप्पणी हुनसक्थ्यो’ बरालले भने, ‘मेरो छोरो भर्खरकै छ । उसले ती सबैकुरा बुझ्दैन । उसको जीवनमा नकारात्मक प्रभाव नपरोस् भन्ने मेरो चाहाना हो ।’

काठमाडौ । मिडियामा सार्वजनिक भैसकेपछि गायक यम बरालले आफुले दोस्रो विवाह गरेको स्वीकार गरेका छन् । पहिलो श्रीमतीसंग डिभोर्स भएपछि एक्लै भएका यम बरालले नेपाली कांग्रेसकी कार्यकर्ता गीता सीवाकोटीसंग दोस्रो विवाह गरेका हुन् । उनले मंसिरमै विवाह गरेको भएपनि मिडियामा ढिलो गरी समाचार सार्वजनिक भएको थियो । मिडियाकर्मीसंग समेत विवाहको बारेमा नबताएका उनले अहिले भने विवाह भएको स्वीकार गरेका छन् ।

उनले आफ्नो व्यक्तिगत इच्छाले भन्दा पनि छोराको कारणले विवाह गरेको बताएका छन् । उनले गत मंसिरमै गीता सिवाकोटीसँग दोस्रो विवाह गरेको भएपनि बुधबार मिडिया मार्फत यो विषय सार्वजनिक भए पछि उनले प्रतिकृया दिएका हुन् । विवाह सार्वजनिक भएपछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनले त्यसवारे खुलेका छन् ।

‘उनले एक मिडियामा भनेका छन्, मैले विवाह लुकाउन खोजेकै होइन । विवाह पारिवारिक सहमतिमा भएको हो । त्यो लुकाउनुपर्ने कारण केही थिएन,’ ‘छोरालाई असर पर्छ भन्ने एक कारण त थियो नै,अर्को कारण परिवारले रमझममा नलाग्न सुझाएका पनि थिए ।’ विवाह सार्वजनिक भएसँगै यसबारे आउने प्रतिक्रिया आफूले ग्रहण गर्ने बताएका बरालले छोराकै कारणले आफूले विवाह गर्नु परेको खुलाए ।

‘उनले एक जना दीदी मार्फत गीतासंग भेट भएको र सामिप्यता बढेपछि विवाहको निर्णयमा पुगेको बताएका छन् । उनले गीतासंग आफ्नो भेट हुँदा छोरा पनि संगै भएको बताएका छन् । उनले छोराको लागि आमा र बुवा दुवैको भूमिका आफैले निभाउँछु भन्ने लागेको भएपनि गीतासंग भेट भएपछि जिवनमा कोही साथी आवश्यक पर्छ भन्ने सोचेर विवाह गरेको बताए । छोराले समेत गीतालाई आमा जस्तै ठान्न थालेकाले पनि छोराको लागि विवाह गरेको उनको प्रतिकृया थियो ।

उसले त आमाको माया उहाँबाट अपेक्षा गर्न थालिसकेको रहेछ ।’ करिव दश बर्ष एक्लै जीवन बिताएर विवाह नगर्ने सोचका साथ बसेको आफूले छोराको कारणले विवाह गरेको दोहोर्याए । ‘कुनै पनि बुबाआमाले आफ्नो बच्चाको खुशी हेर्छ । मैले पनि गीतासँग छोराको खुशी देखेँ’ बरालले थपे ‘यो विवाहपछिको प्रतिक्रियाले मैले धेरै किसिमको त ना व पनि भोगेको छु ।’

बरालले करिब एक बर्ष अगाडि अमेरिकाबाट फर्किएका हुन् । उनले विवाह अगाडि काठमाडौंका नयाँ घर पनि किनेका थिए । अमेरिकाबाट आउनु,घर किन्नु र विवाह गर्नु बरालको पहिलेकै योजना रहेको समेत कतिपयले बताएका छन् । तर बराल भने यसमा सत्यता नरहेको बताए । भने, ‘काठमाडौंमा घर किन्ने समय विवाहको कुरो केही थिएन । यो संयोग हो ।’

आफ्नो विवाहले अहिले छोराले आमा पाएको उनको प्रतिक्रिया छ । बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा डिभोर्स गरेका थिए । राणा र बरालको एक छोरा रहेका छन् । जो बरालसँग बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved