काठमाडौं,असोज २३। निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।
संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रािखएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved