एक युवकका ८ पत्नी, यसरी मिलेर बसेका छन् एउटै घरमा!

  • माघ २०, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । संसारमा अनौठा अनौठा घटना हुन्छन्। एक जनाको ८ पत्नी, त्यो पनि एउटै घरमा मिलेर बसेका छन् भन्दा पत्यार नलाग्न सक्छ। तर थाइल्यान्डमा एउटा यस्तै रोचक प्रेम र परिवार छ। 

ओडिटी सेन्ट्रलमा प्रकाशित खबरअनुसार थाइल्यान्डमा ८ जना युवती एक ट्याटु आर्टिस्ट युवकको पत्नी भएर एकै घरमा बसेका छन्। ती युवकको नाम हो– ओङ डाम सोरेट। अझ रोचक कुरा त के छ भने यी ८ सौता आपसमा अहिलेसम्म झगडा गरेका छैनन्। 

 

उनीहरूको अर्काे तस्बिरउनीहरूको अर्काे तस्बिर

 

यसरी आठ पत्नी राखेकै कारण ती ट्याटु आर्टिस्ट युवक संसारभर चर्चामा छन्। गत हप्ता उनले थाइल्यान्डकै एक कमेडी टेलिभिजन च्यानललाई अन्तरवार्ता दिएका थिए। उनले आठै पत्नीसहित अन्तरवार्ता दिएका थिए। त्यसपछि उनीहरूप्रति विश्वको ध्यान तानिएको हो। 

अन्तरवार्तामा उनले बताएअनुसार उनकी पहिली पत्नीको नाम नोङ स्प्राइट हो। उनीसँग एक साथीको बिहेमा भेट भएको हो। दोस्री श्रीमतीको नाम हो–  नोङ एल। उनीसँग बजारमा भेट भएको हो। तेस्री पत्नी नोङ नेनसँग एक अस्पतालमा भेटे भएको उनले बताएका छन्।

चौथी, पाँचौं र छैटौं पत्नीसँग भने सामाजिक सञ्जालमार्फत सम्पर्क भएको हो। सातौं पत्नीसँग मन्दिरमा भेट भएको हो भने आठौं पत्नीसँगको भेटबारे उनले भनेका छन्, ‘म आफ्ना ४ पत्नी लिएर पटायामा बिदाको मजा लिइरहेको थिएँ। त्यहीँ नोङ (आठौं पत्नी) सँग भेट भयो। उनले पनि मेरी सहयात्री बन्ने निर्णय गरिन्। अन्य पत्नीलाई पनि कुनै आपत्ति भएन।’ 

रिपोर्टअनुसार सोरोतको अहिलेसम्म एउटा मात्र बच्चा भएका छन्। जुन सबैभन्दा जेठीबाट भएको हो। सोरेटका अनुसार अरू २ पत्नी गर्भवती छन्। घरमा ४ वटा बेडरुम छन् र हरेक बेडरुममा २ पत्नी सुत्छन्। 

 

याे अर्काे तस्बिरयाे अर्काे तस्बिर

 

सोरेटकी पहिलो पत्नीले पतिलाई दोस्रो बिहे गर्न आफैंले अनुमति दिएको बताएकी छन्। उनका अन्य ७ श्रीमतीले पनि  आफूहरूलाई सोरेट विवाहित हो भन्ने थाहा हुँदाहुँदै प्रेम भएको र बिहे गरेको बताएका छन्। आफूहरू सबै हाँसीखुसी रहेको आठै पत्नीले बताएका छन्। 

अर्काे गज्जबको कुरा के हो भनेले सोरेटले सबै पत्नीलाई अर्काे कुनै व्यक्ति मन परे वा ऊसँग प्रेम भए जाने स्वतन्त्रता दिएका छन्।

 

ओङ डाम सोरेट।ओङ डाम सोरेट।

 

‘मैले सबै पत्नीलाई भनेको छु भविष्यमा उनीहरूलाई कुनै अर्काे व्यक्तिसँग प्रेम भयो भने नहिच्किचाई मलाई बताउनू। त्यसपछि म उनीहरूसँग तीनपटक सोध्नेछु– मलाई छाड्न चाहन्छौं’, सोरेटले भनेका छन्, ‘उनीहरूले छाड्न चाहेको जवाफ दिए भने म खुसीसाथ जाने अनुमति दिनेछु।’

आफ्नाबारे मानिसहरूले अनेक अनुमान गरेको उनी बताउँछन्। जस्तो : आफू धेरै धनी भएकाले ८/८ जना पत्नी राखेको होला भन्ने। तर उनी भन्छन्, ‘विश्वास गर्नुस्, म धनी छैन। हामी सबै काम गर्छौं र आफ्नो आवश्यकताअनुसार पैसा कमाउँछौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved