एउटा हातमा श्रीमतीको टाउको अर्को हातमा चक्कु, हाँस्दै हिँडेका युवक देख्दा स्थानीय आतंकित

  • माघ २९, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । इरानबाट एउटा डरलाग्दो भिडियो भाइरल भएको छ । भिडियोमा एक युवकले आफ्नी श्रीमतीको काटिएको टाउको हातमा लिएर सडकमा यताउता घुमिरहेका देखिएका छन् । यो भिडियो देखेर मानिसहरु आतंकित भएका छन् । यी व्यक्तिले आफ्नी पत्नीको अरु कसैसँग अवैध सम्बनध भएको आशंकामा यसरी टाउको काटेर हातमा टाउको लिएर सडकमा प्रदर्शन गर्दै हिँडेको बताइएको छ ।

इरान इन्टरनेशनलका अनुसार १७ वर्षकी मोना हैदरीलाई उनका पतिले इरानको दक्षिण पश्चिमी सहर अहवाजमा हत्या गरेको पुलिसले बताएको छ । स्थानीय पुलिसका अनुसार यो घटनामा २ आरोपीलाई गिरफ्तार गरिएको छ । दुवैसँग सोधपुछ जारी छ । इरानका मिडिया र सामाजिक संजालबाट घटनाको खबर र भिडियो सार्वजनिक भएपछि इरानी जनतामा आरोपीहरुविरुद्ध आक्रोश चुलिएको छ ।

इरानको सुधारवादी पत्रिका डेली साजंदगीले लेखेको छ ‘एक महिलालाई काटियो, उनको टाउको सडकमा प्रदर्शन गरियो र हत्यारालाई आफ्नो कर्तुतमा लाज लागेन । हामी यस्तो अपराधलाई कसरी स्वीकार गर्न सक्छौं ? कुनै महिलाको यस्तो हत्या फेरि हुनु हुँदैन । यसका लागि सरकारले कडा कदम उठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved