६० लाख तलबको जागिर छोडेर घरेलु कामदार बनिन् यि महिला

  • फाल्गुन २, २०७८
  • कालापानी मिडिया
alt

  १ महिला ६० लाख रुपैयाँभन्दा धेरै पारिश्रमिकको कर्पोरेट जागिर छोडेर घरेलु कामदार बनिन् । यी महिलाको नाम क्लेयर बर्टन हो । बेलायतकी यी महिलाका अनुसार सरसफाइकर्मीको काम गर्नु कर्पोरेट जागिरमा इमेल लेख्नुभन्दा बिल्कुलै फरक छ । बर्टनका अनुसार यो निर्णय उनको करिअरकै सबैभन्दा राम्रो कदम थियो ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार लाखौं रुपैयाँको जागिर छोडेकी क्लेयरले अहिले ६ जना ग्राहककहाँ सफाइको काम गर्छिन् । उनले यो काम इन्स्टाग्राम युजर मिसेज हिन्चलाई देखेपछि सुरु गरेकी हुन् । बर्टनले २००१ मा एक आइ स्ट्रिट बैंकमा ग्राहक सेवा प्रतिनिधिको जागिर सुरु गरेकी थिइन् । त्यतिबेला उनको वार्षिक कर्मा १५ हजार पाउण्ड (करिब २४ लाख रुपैयाँ) थियो । यही क्रममा उनले ब्वायफ्रेण्ड डेभसँग २००३ सेप्टेम्बरमा बिहे गरिन् ।

२०१७ मा आइपुग्दा उनको पारिश्रमिक ४० हजार पाउण्ड (६४ लाख रुपैयाँ) पुग्यो । तर, यही वर्ष बर्टनका पिताको क्यान्सरका कारण निधन भयो । २०१८ मा उनको विवाह पनि छुट्यो । उनका पति डेभले उनीसँग सम्बनधविच्छेद गरे । यी सब घटनाले उनलाई गहिरो धक्का लाग्यो ।

त्यतिबेला उनलाई आफ्नो जीवन नै समाप्त भएजस्तो लाग्थ्यो । तर, सफाइको कामले भने उनलाई अप्रत्याशित रुपले सम्हालिन सहयोग गर्यो । पहिले सरसफाइको कामका लागि अरुलाई पैसा दिने क्लेयरले अब सफाइको काम गर्न थालिन् । यही बीचमा उनले मिशेज हिन्चलाई देखिन् जसले सरसफाइको काम गरेर निकै खुसी थिइन् ।

लकडाउनका क्रममा काम बन्द भएपछि उनी घरमै सरसफाइको काम गर्थिन् । यही बीचमा उनलाई जागिर नै छोडेर सफाइकर्मीको रुपमा काम गर्ने सोच आयो । उनले जागिर छोडिन र फुलटाइम सफाइकर्मीको काम गर्न थालिन् । अहिले उनका ६ ग्राहक छन् । सफाइको काम गर्दा उनको कमाइ ७० प्रतिशत घटेको छ तर यो कामबाट उनी खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved