जसकाे उपचारमै १४ महिना बित्याे तर पनि निको भएन कोरोना

  • फाल्गुन ४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । टर्कीका मुजाफ्फर कायसनलाई पहिलोपटक कोरोना संक्रमण हुँदा सबैले उनको मृत्यु हुन्छ भन्ने आशंका व्यक्त गरेका थिए। यस्तो आशंका गरिनुको कारण उनलाई पहिलादेखि नै ल्युकेमिया रोग थियो। 

त्यसयता १४ महिना बितिसकेको र ७८ पटक उनको कोरोना परीक्षण भइसकेको छ। तर पनि उनलाई कोरोना संक्रमण निको भएको छैन। उनको कोरोना परीक्षणमा निरन्तर पोजेटिभ आइरहेको छ। 

५६ वर्षीय कायसन टर्कीमा सबैभन्दा लामो समयसम्म निरन्तर कोरोना संक्रमण देखिएका व्यक्ति हुन्। डाक्टरहरुका अनुसार क्यान्सरको कारण उनको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाले पनि लामो समयसम्म  उनलाई कोरोना संक्रमण निको नभएको हुन सक्ने बताएका छन्। 

सन् २०२० को नोभेम्बरदेखि निरन्तर अस्पताल धाइरहनु परे पनि कायसनको आत्मविश्वास भने बलियो छ।‘मलाई के लाग्छ भने यो पोथी कोभिड हो र उनी मप्रति निकै आशक्त भएकी छिन्’, कायसनले ठट्टा गर्दै भने। पछिल्लो १४ महिनामध्ये ९ महिना उनी अस्पतालमा बसे भने ५ महिना उनी आफ्नो फ्ल्याटमा एक्लै बस्दै आएका छन्। उनी आफ्ना नातिनातिनाहरुसँग सिसाभित्रैबाट कुरा गर्छन्। 

प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा कोरोना संक्रमणको जोखिम बढी हुने गत वर्ष सार्वजनिक भएको एक अध्ययनले देखाएको थियो। 

त्यस्तै ल्युकेमिया र लिम्फोमा सोसाइटीले गरेको अर्को अध्ययनले पनि ब्लड क्यान्सर भएका मानिसमा कोरोना खोपको दोस्रो डोज लिँदा पनि एन्टिबडी विकास हुन नसकेको देखाएको हो। 

कायसनका डाक्टर सेरप सिमसेक याभुज आफूले पहिलोपटक लामो समयसम्म कोरोना संक्रमण कायम रहेको देखेको बताए। ‘कोही मानिसमा ४४१ दिनसम्म कोरोना संक्रमण देखिएको अहिलेसम्म पाइएको छैन’, अर्का डाक्टर काग्रि बुक बताउँछन्। 

कोरोना संक्रमण देखिएकै कारण कायसनले कोरोना खोप पनि लिन पाएका छैनन्। टर्कीको नियमअनुसार कोरोना खोप लिनको लागि कोरोना संक्रमणबाट मुक्त भएको हुनुपर्छ। 

कायसनलाई कोरोना संक्रमण भएपछि स्वाद र गन्ध हराएको छ। उनले अधिकारीहरुसँग कोरोना खोपको मापदण्ड आफ्ना लागि मात्र भए पनि छूट दिन आग्रह गरेका छन्। 

उनका छोरा गोखान कायसन आफ्ना पिता सधैं पोजेटिभ (सकारात्मक) व्यक्ति भएको बताउँछन्। 

‘हामीले उनी यति धेरै पोजेटिभ (सकारात्मक) व्यक्ति हुन् भनेर उदाहरण दिने गरेका थियौं र अहिले उनीमा कोरोना पनि पाजेटिभ देखिएको र यो नेगेटिभ हुन मानिरहेको छैन’, उनले भने।

‘उनी आफूलाई रातो बत्तीमा रोकिएको तर हरियो बत्ती नबलेर अघि बढ्न नपाएको बताउँछन्’, गोखानले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved