एसजी ग्रुपले नेपालमा भित्र्यायो ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर

  • फाल्गुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रा.लि.ले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।4 2

इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोटलमा स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ । जुन स्कुटर कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । एलेक्स टि नाइन हाइवे र लङड्राइभ गर्दा कम्फर्ट हुने कम्पनीले जनाएको छ ।1 2

जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध भएका छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । रिलायविलिटी, युनिफर्मिटी र कम्फर्टका लागि ट्यारोको मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।

ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्वीड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्वीड कुल सिंगल सिलिण्डर छ । ‘इटालीमा डिजाइन तथा प्रविधिमा तयार प्रिमियम मोटरसाइकल स्कुटरमा सवार भइ फरक खालको स्टाइलिस अनुभव गर्न सकिनेछ,’ कम्पनीले भनेको छ ।

3 12 11 2

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved