शरीरभरको रगत निकाल्न चिनियाँ पुरुषको अपहरण

  • फाल्गुन ९, २०७८
  • कालापानी मिडिया
alt

बेइजिङ । ली नामक एक पुरुषलाई अपहरण गरेर महिनौंसम्म ’रगत दास’ बनाएको साउथ चाइना पोस्टले जनाएको छ । उनलाई कोम्बोडियाको सिहानुकभिल्ले सहरमा कैदी बनाएर राखिएको थियो । अपहरणकारीहरूको फन्दाबाट फुत्किँदासम्म लीको शरीरबाट झण्डै सम्पूर्ण रगत निकालिसकेको अवस्था थियो ।

सन् २०२१ को अगस्टदेखि तिनीहरूले प्रत्येक महिना ३१ वर्षीय लीको शरीरबाट २७ औँस रगत निकाल्ने गरेको थियो । प्रत्येक पटक उनको शरीरमा रक्त प्रवाहका लागि चाहिने न्यूनतम रगत मात्र बाँकी राख्ने गरिएको थियो ।

सो समूहले उनको रगत अनलाइनमार्फत निजी खरिदकर्ताहरूलाई बेच्ने गरेको विश्वास गरिएको छ । सामान्यतया रक्तदान गर्दा प्रायः करिब १६ औंस मात्र रगत निकालिन्छ । जुन परिमाण एक वयष्क व्यक्तिको शरिरको औसत रगत आयतनको करिब ८ प्रतिशत हुन आउँछ ।

यति रगत मानव शरीरले २४ देखि ४८ घण्टाभित्र शोधभर्ना सक्छ । तर रगतका रातो रक्त कोषिका पुनः भर्न भने करिब १० देखि १२ साता लाग्छ ।

तसर्थ अमेरिकी रेडक्रसले कुनै पनि व्यक्तिलाई पुनः रक्तदानका लागि कम्तीमा आठ साता पर्खने सल्लाह दिने गर्दछ । अपहरणकारीहरूले लीको शरीरबा धेरै रगत निकालेको कारण उनका पाखुरामा प्रशस्त रगत प्रवाह हुन बन्द भइसकेको थियो । त्यसैले पछिल्लो समय तिनीहरूले उनको निधारको नसाबाट रगत निकाल्ने गरेका थिए ।

यसै महिना मात्र सोही समूहको एक जना सदस्यको मद्दतले उनी तिनीहरूको चुँगुलबाट भाग्न सफल भएका थिए । तर उनको शरीर निकै कमजोर हुनुका साथै थुप्रै अंगले काम गर्न छोडिसकेको अवस्था थियो । पाखुरा भरी सुई घोचिएको चोट रहेका उनलाई १२ फ्रेब्रुअरीमा अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved