पल र समीक्षा प्रकरण : गिरोहको खेल भएको पलको दाबी

  • फाल्गुन १०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं। पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कार्तिकमा फर्किनुपर्ने हुन्छ । सो समय पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिफको आगो मिडियामा बोलेको थियो । उक्त आगो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।’

तर केही समयपछि समीक्षाले फेरि अर्को स्टाटसमार्फत पलसँगको गसिफको आगो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्तविक यथार्थ बाहिर ल्याउँछु । पल अभिभावक भएको स्टाटस कसैको अनुरोधमा लेखेकी थिएँ ।’

उनको यस्तो भनाइपछि पल विरुद्ध समीक्षा अब अगाडि आउने चर्चा चल्यो । यसैबीच उनी पोखरा पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झाएको गसिप मिडियामा छाए । शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्तर्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वार्ताको उदेश्य दुबै टेलिभिजनको पल र समीक्षा बीचको गसिपको रहस्य बाहिर ल्याउनु थियो । तर त्यो रहस्य भने बाहिर आएन ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पलसँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बन्ध रहेको बताए । उनले भने, ‘समीक्षासँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’ हुन त हालै केही मिडियामा पलको धेरै केटीसँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समाचार प्रमाण सहित बाहिर आएका छन् । समीक्षासँगको सम्बन्ध गिरोहका खेल भएको बताउने पलले धेरै केटीसँगको सम्बन्धको बिषयमा भने बोल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved